त्रिभुवन माविको विज्ञान तथा सूचना प्रविधि विषयक हाजिरी जवाफ सम्पन्न

पाल्पा,तानसेन नगरपालिकाकाे अर्गलीमा रहेको त्रिभुवन माध्यमिक विद्यालय पाल्पामा विज्ञान तथा सुचना प्रविधि विषयक अन्तर सदानात्मक सुक्रबारीय हाजिरी जवाफ प्रतियोगिता (Science and ICT Quiz) सम्पन्न भएको छ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरू लागि विभाजन गरिएको छ वटा सदनकाे सहभागिता रहेको प्रतियोगीतामा और्व सदनको प्रतिनिधित्व गर्दै एलिसा पाण्डे,अनुज नेपाल,अर्चना न्यौपाने र खुश्बु भट्टराईको समूह प्रथम स्थान हासिल गर्न सफल भएको छ। त्यस्तै लुम्बिनी सदनको प्रतिनिधित्व गर्दै संगीत भट्टराई, कपिल विष्ट,सृष्टि बिक र निश्मा न्यौपानेको सदन समूह द्वितीय र सगरमाथा सदनको प्रतिनिधित्व गर्दै ज्योति विष्ट, श्रुति गैरे, प्रसिद्धि न्यौपाने र आलोक भट्टराईको समुहले तृतीय स्थान प्राप्त गर्न सफल हुनुभएको हाे।

विद्यालयकाे विद्यार्थीहरूकाे अन्तरनिहित प्रतिभा प्रष्पुटन गर्न अन्तर सदनात्मक प्रतियोगिता कार्यक्रम सञ्चालन हुने गरेको विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद नेपालले बताउनुभयो । प्रधानाध्यापक नेपालकाे अध्यक्षतामा भएको कार्यक्रम विज्ञान विषय शिक्षक रामु चालिसेको सञ्चालनमा सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *