दमकडा माविकाे दृष्टिविहिन बिद्यार्थीलाई कवड्डी प्रतियोगिता

पाल्पा, दमकडा माध्यमिक बिद्यालय तानसेन-९ दमकडामा विश्वमा कतै पनि नखेलिएको दृष्टिविहिनहरुका बीच कबड्डी प्रतियोगिता पहिलो पटक सञ्चालन गरिएको छ । दमकडा नमुना माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहिन बिद्यार्थीहरु बीच कबड्डी प्रतियोगिता खेल सञ्चालन गरिएको हो । बिद्यालयले आयोजना गरेको कबड्डी खेल प्रतियोगिता खेल्दा दृष्टिविहिन विद्यार्थीहरु निकै उत्साहित देखिनुभएको छ । बिद्यालयकाे कबड्डी खेल प्रतियोगितामा निलो जर्सी समुहबाट खेल्नुभएका विवश कुमालले साथीहरुबीच पहिलो पटक कबड्डी खेल्दा निकैआनन्द आएको बताउँदै उहाँले आगामी दिनमा पनि कबड्डी खेल प्रतियोगितात्मक रूपमा खेल्न सक्ने बताउँनुभयाे । विद्यालयमा अध्यनरत विद्यार्थीहरुले खेलेको कबड्डी प्रतियोगिता विश्वमै पहिलो पटक रहेकोले पनि आफुहरू खेल खेलेर खुसी भएको उहाँले भन्नुभयो । आगामी दिनमा आफुहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा कबड्डी खेल प्रतियोगिता खेल्न सक्छौ भन्ने हौसल्ला बढेको दिृष्टिविहिन विद्यार्थीहरुले बताउँनुभएकाे हाे ।

त्यस्तै कबड्डी खेल प्रतियोगितामा सहभागी रातो जर्सीका टिम लिडर जगतबहादुर कुवँरले दृष्टिविहिनको कबड्डी प्रतियोगिता लाई राष्ट्रियकरण गर्न समेत सरकारसँग अनुरोध गर्नुभएको छ । उहाँले आफ्नो पाठ्यक्रममा कबड्डी खेल सबैले खेल्न पाउने भए पनि हालसम्म दृष्टिविहिनहरु भने खेल्ने अवसर पाएका थिएनन् भन्दै याे खेल हामीहरूले पहिलोपटक खेलकाे बताउँनुभयाे ।

त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक वाई वि आचार्यले पिएच डीको लागि अनुसन्धानको क्रममा दृष्टिविहिनहरु पनि कबड्डी खेल्न सक्छन् भन्ने आधारमा सैद्धान्तिक र व्यवहारिक छलफल भएपछि अभ्यासका लागि कबड्डी प्रतियोगितालाई सञ्चालन गरिएको बताउँनुभयाे । उहाँले विभिन्न तयारीका साथ गरिएको पहिलो प्रतियोगिताबाट दृष्टिविहिनहरुको कबड्डी खेल प्रतियोगितालाई ओलम्पिक,एसियन गेम तथा अन्य प्रतियोगिता हरूमा पनि समावेश गर्न सकिने आधार मिलेको जानकारी दिदै उहाँले दृष्टिविहिनहरुको कबड्डी खेल प्रतियोगितालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रियकरण गर्नको लागि लिपिवद्ध रुपमा नियम बनाएर, डिजाइन सहित सार्वजनिक गर्नुपर्ने अनुसन्धानकर्ता आचार्यले बताउँनुभयाे ।

बिद्यालयमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीहरुको तिव्र इच्छा र चाहानासँगै विद्यालयले गरेको अथक मिहेनतको कारण पनि याे शारिरिक अभ्यास,सैद्धान्तिक ज्ञान सिकाएर विद्यालयले कबड्डी खेलको नयाँ प्रयोगमा ल्याएको बिद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटाले बताउँनुभयाे ।

कबड्डी खेलका लागि लुम्बिनी प्रदेशका दुई जना रेफ्री विद्यालय शिक्षकको रुपमा कार्यरत रहनुभएकाे छ। विद्यालयका शिक्षक धनपती गैरे र माधव खनाल कबड्डी खेलका प्रदेशस्तरीय रेफ्री हुनुहुन्छ ।उहाँहरूले दुष्टिविहिन बालबालिकाहरुलाई कबड्डी खेलाउन प्राविधिक रुपमा केही नियमहरु परिवर्तन गरेर वक लाईन,वोनस लाईन,आउट लाईन,अन्डर लाईन खेलाडीले लाईन छोएर थाहा पाउने गरी नरम पाइपमा कागज काटेर डण्डी बनाई टेप टासेर रेखा बनाएको,रेडरले कबड्डी भन्दै गएपनि डेफेन्डरहरु थाहा पाउन हात खुट्टामा छाईछाई बज्ने गुगुरा लगाएर कबड्डी प्रतियोगिता गराएको रेफ्री धनपती गैरेले बताउँनुभयाे । दृष्टिविहिन बिद्यार्थीहरुलाई कबड्डी खेलाउदा निकै आनन्द तथा नयाँ अनुभव भएको रेफ्री गैरेले बताउँनुभयाे । उहाँले यसमा पनि विज्ञहरुको सरसल्लाहमा केही नियमहरुलहई परिवर्तन गर्दै करि कुलम निर्माण गरेर दृष्टिविहिनलाई कबड्डी प्रतियोगिता चलाउन सकिने रेफ्री गैरेले कुराकानीमा बताउँनुभयाे ।

त्यस्तै दृष्टिविहि खेलाडी बालबालिकाहरुले कार्ड बोर्डमा कबड्डी मैदानको चित्र बनाएर सेन्टर, वक,वोनस,आउट, इन,र साईड लाइनको बारेमा आफै सक्रिय भएर सिकेकाे लुम्विनी प्रदेशका कबड्डी खेलका रेफ्री एवं विद्यालयका शिक्षक माधव खनालले बताउँनुभयाे । प्रतियोगितामा विवश कुमालको निलो जर्सी र जगतबहादुर कुँवरको रातो जर्सीको नेतृत्वमा भएको खेलमा जगतबहादुर कुँवरको रातो जर्सीको समूह विजयी भएको छ । यस्तै गरी विवश कुमालको निलो जर्सीको समूह उपविजेता भएको छ । विजयी निलो जर्सीले २४ अंक र उपविजेता रातो जर्सीले २० अंक पाएको थियो । विश्वमा हालसम्म कहिकतै दृष्टि विहिनका लागि खेल नखेलाएकोले पनि याे दृष्टिविहिनहरुको लागि प्रतियोगिता पहिलो भएको बिद्यालयको दावी रहेको छ ।विद्यालयले आयोजना गरेको कबड्डी खेल दृष्टिविहिनहरु पनि खेल्न सक्छन् भन्ने उदाहरणीय काम बिद्यालयबाट भएको कुरा बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष राजेशकुमार अर्यालले बताउँनुभयाे ।

दमकडा माध्यमिक विद्यालय तानसेन-९, दमकडामा विसं. २०५२ सालदेखी आवासीय बिद्यालयका रुपमा दृष्टिविहिनको अध्ययन अध्यापन हुँदै आएको छ । दमकडा माविले सञ्चालन गरेको दृष्टिविहिनहरुको कबड्डी प्रतियोगिताले आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा प्रतियोगिता गर्ने आधार जुटेको छ । नेपाल सरकारलाई दृष्टिविहिनहरुको कबड्डी प्रतियोगिताको लागि राष्ट्रिय रुपमै पाठ्क्रम निर्माण गरेर जानुपर्ने दवाब सिर्जना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *