दरबार परिसरका घरटहरा भत्काउँदै तानसेन नगरपालिका

पाल्पा, तानसेन नगरपालिकाले मखनटोल, शीतलपाटी, बैंकरोड क्षेत्रका ५७ वटा घरटहरा भत्काएकाे छ ।दरबार संग्रहालय बाहिर रहेका पूर्व र उत्तर तर्फका संरचनामा संचालन भइरहेका ५७ पसलहरूका घर टहरालाए पाल्पा दरबार परिसरलाई विश्व सम्पदा सूचीमा पार्ने योजना सहित तानसेन नगरपालिका र विभिन्न संघसंस्थाबाट भाडामा सञ्चालन रहेका ब्यवसायिक सटर सहितका घरटहरा भत्काइएको हो । तानसेन नगरपालिकाले तीन वटा डोजर प्रयोग गरी दरबार परिसरमा रहेका पसलहरूलाई सूचना  दिएर पसल भत्काउन लागिएको जानकारी दिदै  तानसेन  नगरपालिकाका कार्यवाहक नगर प्रमुख प्रतिक्षा सिंजाली, प्रवक्ता यादव सिंह कार्की सहित जनप्रतिनिधिहरू, प्रमुख प्रशासकीय अधिकृत सहित सम्पूर्ण कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी उपस्थितिमा घरटहरा भत्काउन लागिएको हाे।पाल्पा दरबार परिसरलाई विश्व सम्पदा सूचिमा राख्ने याेजना अनुसार पाल्पा दरबारलाई पुरानै मौलिकतामा राख्न र बृहत गुरुयोजना बनाएर गुरूयाेजना अनुसारकाे काम गर्न नगरपालिकाले पहिलो चरणमा दरवार परिसर क्षेत्रका ५७ ब्यवसायिक सटर रहेका घर टहराहरूलाई भत्काएको कार्यवाहक नगर प्रमुख  प्रतिक्षा सिंजालीले जानकारी दिनुभएको हाे।पाल्पा दरबार संग्रहालय परिसरमा तानसेन नगरपालिकाले निर्माण गरेका १२ वटा, घरेलु शिल्पकला बिक्री भण्डार कक्षका १३, रेडक्रस सोसाइटी पाल्पा शाखाका तीन, नेपाल बाल संगठनको एक, कर्मचारी मिलन केन्द्रका ३ वटा घर टहरा रहेका छन् । वि.सं.२००२ देखि २०२२ सम्म तत्कालीन राणा शासकहरुले अर्को व्यवस्था नभए सम्मका लागि भनी दिएका २४ वटा सटरसमेत रहेको दरवार परिसरलाई विश्व संम्पदा सूचिमा राख्नलाई याेजना सहित पुरातत्व विभागको पत्रका साथै सर्वदलीय र सर्वपक्षीय भेला छलफलबाट निस्केको निष्कर्षका आधारमा तानसेनकाे सौन्दर्यीकरण र साँस्कृतिक  पर्यटकीय क्षेत्रको रूपमा विकास तथा विस्तारका लागि घरटहरा हटाउने निर्णय गरिएको प्रवक्ता यादवसिंह कार्कीले बताउँनुभयाे।तानसेन नगरपालिकासँग सटर वहाल सम्बन्धी गरिएको सम्झौतालाई रद्द गरिएको छ भने अन्य संघसंस्था र सरकारी निकायका सटरहरूमा रहेका वहालवालाहरुलाई हटाउन ३५ दिनअघि नै पत्राचार गरिएको थियो । सूचनाअनुसार बहालका घरटहराहरूमा ब्यापार गरिरहेका व्यवसायीहरूले सटर बहालमा रहेको घरटहराहरूका सामान हटाएपछि जानकारी दिएर घरटहरा भत्काउन सुरु गरिएको हो ।संरचना हटाउन नगरपालिकाले तीन वटा डोजर, माटो सफा गर्ने पानीको फोहोरा, सामान उठाउने ट्रक तथा अन्य बन्दोबस्तीका सामान तयारी अवस्थामा राखेको छ ।

घरटहरा हटाएपछि तत्कालै त्यस स्थानमा सरसफाइ गर्ने र दरबार परिसरको ऐतिहासिकता कायम गर्ने तथा सुन्दर बनाउने काम नगरपालिकाले पुरातत्व विभागसंग सहकार्य गर्ने योजना सहित अन्य सहयोगका लागि  नगरपालिकाले प्रहरी प्रशासन, नगरप्रहरी सहित  आवश्यक पर्ने जनशक्ति लगायर घरटहरा हटाउने  काम गरिएकाे प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताउँनुभयाे ।दरवार परिसरभित्र जिल्ला समन्वय समिति, बाल संगठन,जिल्ला प्रहरी कार्यालय,राष्ट्रियअनुसन्धान, नेपाल विधुत प्राधिकरण, नेपाल टेलिकम र जिल्ला प्रशासन कार्यालय रहेका छन् । तानसेन नगरपालिकाले केही व्यापारीबाट बहालकर नआएकोले तत्कालन भुक्तानी गर्न पसलधनीलाई अनुरोध गरेको छ । तानसेन नगरपालिकाले दरबार परिसरबाट विस्थापित भई वास्तविक पीडितलाई रेडक्रस भवन क्षेत्रका ९ वटा पसलमा स्थापित गर्न खोजेको जानकारी दिएको हाे।नगरपालिकालाई भाडा दिने गरी यहाँको जग्गा व्यापारी तथा व्यवसायीलाई दिए पनि अधिकांशले विगत १३ वर्षदेखि ४५ लाख बढी भाडा तिरेका थिएनन् । नगरपालिकालाई उनीहरूले कबोल गरेको भाडा १३ वर्षदेखि नतिरेको भन्दै त्यो रकम सरकारी नियमानुसार अशुल उपर गर्ने जानकारी नगरपालिकाले  दिएको हाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *