दशैं तिहारका लागि नयाँ नोट सट्ही तयारी सुरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने भएको छ । राष्ट्र बैंकले चाडपर्व लक्षित नयाँ नोट सटहीका लागि तयारी सुरु गरेको हो ।राष्ट्र बैङ्कले प्रत्येक वर्ष दसैँ तिहारलाई लक्षित गरी नयाँ नोट सटहीको व्यवस्था गर्दै आएको छ । यस वर्ष पनि घटस्थापनादेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारीमा रहेको छ । अहिले राष्ट्र बैंकले कति नोट चाहिने हो भने बैंकहरुसँग तथ्याक माग गरेको बताएको छ ।नेपाल राष्ट्र बैङ्कले रू.५, १०, २०, ५० र १०० रूपैयाँ दरका नाेट एक एक बन्डल सटही गर्नेगरि  सुविधा उपलब्ध गराउने जनाइएको हाे । बैंक  तथा वित्तीय संस्थाहरूबाट नोट साट्न सकिने छ भने,नेपाल राष्ट्र बैङ्ककाे प्रादेशिक कार्यलयबाट समेत नयाँ नोटहरू साट्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *