दादुरा–रुबेला विरुद्धको खोप अभियान सञ्चालनका लागि पालिका खाेप समन्वय समितिकाे अन्तक्रिर्या कार्यक्रम सम्पन्न

नवराज ज्ञवाली पाल्पा , रिब्दिकाेट गाउँपालिकाले दादुरा-रूबेला बिरूद्वकाे खाेप अभियान सञ्चालन गर्ने भएको छ। रिब्दिकाेट गाउँपालिका स्वास्थ्य शाखाकाे आयोजनामा पालिका खाेप समन्वय समितिले सञ्चारकर्मी एवं सराेकारवालाहरूसंग अन्तक्रिर्या कार्यक्रम गर्दै दादुरा-रूबेला बिरूद्ब खाेप सञ्चालन गर्नका लागि अन्तक्रिर्या कार्यक्रम गरेको हाे।

कार्यक्रममा रिब्दिकाेट गाउँपालिका अध्यक्ष एवं पालिका खाेप समन्वय समिति संयाेजक नारायण बहादुर कार्कीले याे राष्ट्रिय खाेप कार्यक्रम रहि नियमित सञ्चालनमा रहेपनि गाउँपालिकाले अभियानका रूपमा सञ्चालन गर्न लागिएको जानकारी दिनुहुँदै कार्यक्रमलाई सफल बनाउन सराेकारवालाहरू सबै आ-आफ्नो ठाउँबाट महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउँदै अध्यक्ष कार्कीले त्यसका लागि लक्षित उमेरका बालबालिकाहरूलाई दादुरा-रूबेला बिरूद्वकाे खाेप लगाउनलाई खाेप केन्द्र पुर्‍याउन सहयोग गर्नुपर्ने बताउँनुभयाे।

अन्तक्रिर्या कार्यक्रममा दादुरा-रूबेला खाेपकाे औचित्य र महत्त्व बारेमा प्रष्टाउँदै रिब्दिकाेट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले राेग उन्मूलन निवारण एवं नियन्त्रण गर्न नियमित खाेपकाे कभरेज नैआधारस्तम्भ रहनेहुँदा याे अभियानबाट खाेप सेवा केन्द्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको बताउँदै उहाँले दादुरा-रूबेला खाेप अभियान सफल बनाउन सबै सराेकारवालाहरूकाे सहयोग भूमिका महत्त्वपूर्ण रहने बताउँनुभयाे। स्वास्थ्य शाखा प्रमुख अधिकारीले अभियान तीन दिनसम्म चल्ने बताउँदै उहाँले पहिलो चरणमा ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई सबैकाे सहयोगमा ११ सय देखि १२सयसम्म दादुरा बिरूद्धकाे खाेप लगाउने र दाेस्राे चरणमा रूबेला बिरूद्धकाे खाेप लगाउने जानकारी दिनुभयो । उहाँले पाल्पामा अहिलेसम्म दादुरा-रूबेला नदेखिएको समेत बताउँनुभयाे ।

दादुरा-रूबेला खाेप अभियान अन्तक्रिर्या कार्यक्रमकाे रिब्दिकाेट गाउँपालिका अध्यक्ष एवं पालिका खाेप समन्वय समिति संयाेजक नारायणबहादुर कार्कीकाे अध्यक्षतामा भएको कार्यक्रमकाे औचित्य प्रष्टाउँदै स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले दादुरा-रूबेला बिरूद्धकाे खाेप अभियान फागुन १३गतेदेखि १६गतेसम्म चल्ने बताउँनुभयाे। कार्यक्रम रिब्दिकाेट गाउँपालिका स्वास्थ्य शाखा सिनियर अनमी कमला लाम्टाङ्गेकाे सञ्चालनमा सम्पन्न भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *