दुनाटपरी उद्योग सञ्चालनबाट आत्मनिर्भर बन्दै : डाँडाडुमका महिलाहरू

पाल्पा, तानसेन नगरपालिकाकाे डाँडाडुमस्थित पाेसपाखा सामुदायिक वन उपभोक्ता समितिमा आवद्ध महिलाहरूले दुनाटपरी उद्योग सञ्चालन ल्याएका छन् ।डिभिजन वन कार्यालय पाल्पाको समन्वयमा लुम्बिनी प्रदेश सरकारकाे आर्थिक तथा प्राविधिक सहयोगमा उनीहरू उद्योग सञ्चालनमा ल्याएका हुन् ।

तानसेन नगरपालिकाकाे डाँडाडुमस्थित पाेसपाखा सामुदायिक वन उपभोक्ता समितिले उपभोक्ता वन समुहमा आवद्ध महिला हरूलाई आत्मनिर्भर बनाउन दुनाटपरी उद्योग सञ्चालनलाई प्राेत्साहन गर्दै आएको डिभिजन वन कार्यालय जनाएको हाे ।

पाेसपाखा सामुदायिक वन उपभोक्ता समुहमा आवद्ध महिला हरूलाई आत्मनिर्भर बनाउन एघार सदस्यीय उद्योग सञ्चालन उपसमिति गठन गरेर दुनाटपरी उद्योग सञ्चालनमा ल्याएको हाे । वनजङ्गलमा खेर गईरहेकाे सालको पातबाट दुनाटपरीलाईउत्पादन गर्ने उद्धेश्य अनुसार सामुदायिक वन उपभोक्ता समुहमारहेका दिदीबहिनीहरूलाई वैकल्पिक आम्दानीकाे स्रोत उपयोग गरि आत्मनिर्भर बनाउने उद्धेश्यले उद्योग सञ्चालनमा ल्याएको उद्योग सञ्चालन उपसमिति अध्यक्ष सरस्वती सारूले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *