देशकै सर्वाेकृष्ट आर्थिक विकासमा बुटवल उपमहानगर

रूपन्देही संवाददाता, बुटवल उपमहानगरपालिका स्थानीय आर्थिक विकासमा देशकै सर्वाेत्कृष्ट नगर घोषित भएको छ। आर्थिक वर्ष २०७९/८० मा देशभरका स्थानीय तहहरूमध्ये बुटवलले सर्वाेत्कृष्ट भइ ‘म्युनिसिपल एक्सिलेन्स अवार्ड’ पाएको हो। नेपाल नगरपालिका संघकाे आयोजित समारोहमा बुटवल उपमहानगर पालिकालाई एक कार्यक्रमका बीच अवार्ड प्रदान गरिएको छ ।

नेपाल नगरपालिका संघको काठमाडौंमा आयोजित समारोहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलराज पाण्डेयलाई उत्कृष्ट नगरपालिकाकाे पुरस्कार सहित प्रमाणपत्र हस्तान्तरण गर्नुभएकाे हाे ।

प्रशासनविद् काशीराज दाहाल नेतृत्वको मूल्यांकन समितिले देशभरका नगरपालिकाले गरेका कार्यका पाँच क्षेत्रको अध्ययन गरी मूल्यांकन प्रतिवेदन तयार गरेको थियो । ती मध्ये स्थानीय आर्थिक विकासतर्फ बुटवल उपमहानगरपालिकाले देशका सबै स्थानीय तहलाई उछिनेको छ ।

बुटवल उपमहानगरपालिकाले सार्वजनिक सेवालाई सुदृढ गर्दै आधुनिक प्रशासनलाई जनउत्तरदायी बनाउने प्रयास गरेको नगर प्रमुख पाण्डेयले बताउँनुभयाे । बुटवल उपमहानगरपालिकाले आफ्ना सबै क्षेत्रका कामहरूलाई परिष्कृत गर्दै चौतर्फी विकासको मार्गमा अघि बढेको छ,’ उहाँले भन्नुभयाे, ‘आर्थिक रचना र प्रणालीले मानिसको विधि पद्धति, मानव सम्बन्धमा परिवर्तन ल्याउन सक्छ। उहाँले भन्नुभएको हाे। देशकै उत्कृष्ट नगरका रूपमा पुरस्कृत हुनुले पनि आफूहरूको काममा हौसला र मनाेवल थपिएको भन्दै नगरप्रमुख पाण्डेयले बुटवल उपमहानगरलाई यो अवस्थामा ल्याउन सहयोग गर्ने जनप्रतिनिधि,कर्मचारी,विभिन्न राजनीतिक दललगायत सबैमा धन्यवाद दिनुभएकाे छ। उहाँले बुटवलमा विकास र परिवर्तनको यात्रा शुरू भएको भन्दै अनुभूत गर्न समय लाग्ने बताउँनभयाे । उहाँले बुटवलको मार्ग स्पष्ट रहेको र स्पष्ट चित्र देखिन पनि थालेको जनाउँनुभयाे । ‘बुटवललाई देशकै अगुवा सहरका रूपमा स्थापित गर्न शिक्षा, स्वास्थ्य, प्रविधि,पर्यटन,रोजगार सिर्जना,उद्यमशीलतामा जोड दिएका छौं। त्यसका लागि केही योजना अघि सारेका छौं, जुन कार्यान्वयनका क्रममा छन्’-उहाँले भन्नुभयाे । उहाँका अनुसार बुटवल उपमहानगरपालिकाले पूर्वाधार विकास,शिक्षा,स्वास्थ्य र रोजगारीलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको समेत कुराकानीमा बताउँनुभयाे ।

‘हाम्रो मुख्य कार्यभार चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गर्ने,चालु योजनालाई समयमै सम्पन्न गर्ने, बुटवल उपमहानगर वासीहरूलाई सुशासन र विकासको अनुभूति दिलाउनु हो। संघ, प्रदेश र आन्तरिक स्रोतको अधिकतम् परिचालन तथा दातृ निकायहरूबाट प्राप्त सहयोगको उच्चतम उपयोग गर्दै बुटवलको विकासमा नयाँ उचाइ हासिल गर्नेछौं’-उहाँले भन्नुभयाे । सुशासन, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता मुख्य विषयहरूलाई नै प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम,बजेट र योजनाहरू अघि बढाएको उपमहानगर नगरप्रमुख पाण्डेयले बताउँनुभयाे । ‘विकास सँगसँगै नगरको सौन्दर्यीकरण, सहरी व्यवस्थापन एवं सेवा सुविधामा सुधार ल्याउनु स्थानीय सरकारको प्रमुख दायित्व हो,’ उपमहानगर नगरप्रमुख पाण्डेयले भन्नुभयाे । उहाँका अनुसार उपमहानगरपालिकाले आफ्ना नागरिकहरूका आवश्यकतालाई दृष्टिगत गर्दै सेवा प्रवाहलाई जनमुखी बनाउन घरदैलो सेवालाई समेत सुरु गरेको बताउँनुभयाे ।

बाआमासँग नगरप्रमुख कार्यक्रममार्फत ६० वर्ष माथिका जेष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण तथा औषधी वितरण,अपांगता परिचय पत्र वितरण,सुत्केरी महिलाको स्वास्थ्य चेकजाँच एवं पशुचौपायाको स्वास्थ्य परीक्षण तथाऔषधी वितरण लगायतका कार्यक्रम नागरिकको घरदैलोमै पुर्‍याइएको उपमहानगर प्रमुख पाण्डेयले बताउँनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *