दोश्रो कृषि मेला प्रदर्शनी तानसेनकाे तिन्टीआँपमा

पाल्पा, तानसेन नगरपालिकाको तिन्टीआँपमा दोश्रो कृषि मेला प्रदर्शनी -२०८० सञ्चालन हुने भएको छ ।“कृषि उत्पादन बढाऔं, परनिर्भरताको अन्त्य गरौँ “भन्ने नारा सहित हुन लागेको दाेस्राे कृषि मेला किसानहरूकै सक्रियतामा हुन लागेको हाे । किसानकै उत्पादन किसानकै आफ्नै स्टलकाे सहभागीतामा मदनपाेखरा संगम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकाे आयोजनामा दोश्रो कृषि मेला प्रदर्शनी हुने भएको हो ।

दाेस्राे कृषि मेला प्रदर्शनी यही चैत्र ३ गते तानसेनकाे तिन्टीआँप खेलमैदानमा हुने जानकारी मेला आयाेजक संस्था मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकाअध्यक्ष धनश्याम घिमिरेले गराउँनुभएकाे हाे । मेलामा प्रतियोगितात्मक कृषि प्रदर्शनी, रैथाने बालीकाे प्रदर्शनी, प्रतियोगितात्मक पशुजन्य प्रदर्शनी, कृषि यन्त्र उपकरण प्रदर्शनी र बीउबिजन प्रदर्शनी एवं बिक्रिवितरण ,कृषिजन्य नर्सरी बिरुवा बिक्रिवितरण,पशु’रोग निदान तथा गोबर परिक्षण,कृषि संवाद कार्यक्रम, कृषि परिकारहरुको स्टल,प्लाण्ट क्लिनिक, जैविक मल उत्पादनकाे प्रदर्शन र माटो परिक्षण गरिने भएको छ ।मेलामा लोक गायक पशुपति शर्मा र स्थानीय कलाकारहरुको विशेष प्रस्तुती रहने तानसेन नगरपालिका – ९ नं. वडाका वडाअध्यक्ष राजेशकुमार अर्यालले जानकारी दिनुभयो ।

मदनपाेखरा संगम बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडले आयोजना गरेको कृषि मेला प्रदर्शनी प्रवर्द्धनका लागि तानसेन नगरपालिका वडा नं. ९ को वडा कार्यालयले समन्वय गरेको हाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *