नतिजा सुधारका लागि शैक्षिक अन्तरक्रिया

पाल्पा, जिल्ला शिक्षा समिति र शिक्षा विकास तथा समन्वय इकाई पाल्पाको आयोजनामा शैक्षिक अन्तरक्रिया कार्यक्रम तानसेनमा सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला समन्य समिति सभापति एवं समन्वय इकाई शिक्षा समितिका अध्यक्ष टंकनाथ खनालले शिक्षा क्षेत्रलाई सुधार गर्नलाई अन्तरक्रिया कार्यक्रम गरिएको बताउँनुभयो । उहाँले कतिपय विद्यालयहरू आफ्नै मिहिनेतका कारण उत्कृष्ठ विद्यालय बनेकाे बताउँनुहुँदै अरू विद्यालयहरूलाई पनि सुधार गर्न के कसरी सकिन्छ भन्ने उद्धेश्यले याे अन्तक्रिर्या गरिएको उहाँले बताउँनुभयाे।

अन्तक्रिर्या कार्यक्रममा पाल्पा सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले शिक्षकलाई परिचालन गरेर विद्यालय सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा एमाले अध्यक्ष धनेन्द्रराज घिमिरेले सामुदायिक विद्यालयको समग्र अवस्था सुधार गर्न पालिकाहरू जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले कतिपय पालिकाले शिक्षा क्षेत्रलाई सुधार गर्न लागेपनि अधिकांश पालिका योजनाविनै अघि बढेको बताउँनुभयो ।

पाल्पामा पछिल्लो तीन वर्षयता विद्यार्थीरूको सङ्ख्या घट्दै गएको छ । यस्तै प्रावि, आधारभूत र मावि तहको नतिजा समेत खस्कदैँ गएको शिक्षा, विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख महेन्द्र सुवेदीले बताउँनुभयो ।उहाँले अन्तक्रिर्या कार्यक्रममा भन्नुभयो, ‘कोरोनाका कारण पाल्पाको नतिजा खस्केको छ भने विद्यालयहरूको समेत नियमित अनुगमन हुन सकेको अवस्था छैन ।’

पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले भन्नुभयो । केही पालिकाले दिवा खाजा, दुर्घटना विमा, स्थानीय पाठ्यक्रम जस्ता योजना अघि सारेको भएता पनि पाल्पाका अझै केहीले स्थानीय पाठ्यक्रमकाे याेजना नबनाएकाे उहाँले बताउँनुभयाे । रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रुक्मागत भट्टराईले आफ्नो पालिकाले शिक्षा क्षेत्रलाई सुधार गर्न दण्ड र सजायको व्यवस्था गरेको बताउनुभयो ।

कार्यक्रममा समन्वय इकाई शिक्षा समितिका सदस्य राजेन्द्र विश्वकर्माले आगामी वर्षको बजेट बनाउँदा पालिकाहरूले शिक्षा क्षेत्रलाई कसरी अगाडि बढाउने हो, स्पष्ट हुन सुझाव दिनुभयो । शिक्षक महासंघका अध्यक्ष कृष्ण थापाले पालिकासँग मिलेर आफूले शिक्षा क्षेत्रलाई उत्साहित बनाउने कार्यक्रम गर्ने योजना रहेको बताउँनुभयो । कार्यक्रममा दमकडा माध्यमिक विद्यालय प्रधानाध्यापक माेहनप्रसाद सापकाेटाले सिमित स्राेत साधनका बावजुत विद्यालयले धेरै कामहरू गरेकाे उहाँले बताउँनुभयाे ।

अन्तक्रिर्या कार्यक्रममा निस्दी गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारु, माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदी, रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारी, रिव्दीकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्की, तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठ, बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदी, रामपुर नगरपालिका उपप्रमुख बालकुमारी थापा लगायतले अन्तक्रिर्या कार्यक्रममा बाेल्नुहुदै आ-आफ्नो पालिकाले शिक्षा क्षेत्रका गरेको कामका बारेमा जानकारी दिनुभएको थियो ।

कार्यक्रममा नेपाल शिक्षक संगठनका अध्यक्ष मोहनप्रसाद सापकोटा, नेपाल शिक्षक संघका अध्यक्ष लक्ष्मण बस्याल, अखिल नेपाल एकीकृत शिक्षक संगठनका अध्यक्ष बासु अर्याल, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, शिक्षा समितिका सदस्य शुसिला श्रेष्ठ, अर्का सदस्य देवराज ढकाल, शिक्षा शाखाका प्रमुखहरू लगायतले आ–आफ्नो धारणा राख्नु भएकाे थियोे । पाल्पाको शिक्षा क्षेत्रलाई सुधार गर्न र आवश्यक पृष्ठ पोषण प्रदान गर्न कार्यक्रम आयोजना गरिएको शिक्षा तथा समन्वय इकाइ समितिले पाल्पाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *