नर्सिङ कार्यरत कर्मचारीका लागि दुईदिने अभिमुखिकरण एवं पिएनसी समीक्षा कार्यक्रम

पाल्पा, रिब्दिकाेट गाउँपालिकाले स्वास्थ्य शाखाकाे आयोजनामा स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ कर्मचारीहरूका लागि पिएनसी समीक्षा तथा दुई दिने अभिमुखिकरण कार्यक्रम गरेको छ। पिएनसी नर्सिङ कार्यरत कर्मचारीकाे समीक्षा एवं अभिमुखी कार्यक्रमका प्रमुख अतिथि एवं गाउँपालिकाका प्रवक्ता प्रकाश रायमाझीले दुई दिने पिएनसी नर्सिङ कार्यरत अभिमुखीकरण तथा समीक्षा कार्यक्रममा बाेल्दै नर्सिङमा कार्यरत कर्मचारीले स्वास्थ्य संस्थामा सेवा प्रवाह गर्दा आफ्नो सेवालाई भरपर्दो र गुणस्तरीय बनाउँदै क्लिनिकल जिम्मेवारी सहितको परामर्शलाई उच्च बिन्दुमा राखेर काम गर्नुपर्ने भन्दै उहाँले सेवा दिदाको कार्य अभिमुखीकरण र सहि व्यवस्थापन गर्न सक्नुपर्ने बताउँनुभयाे।

पिएनसी नर्सिङ स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरूका लागि अभिमुखीकरण तथा समीक्षा कार्यक्रममा कार्यक्रमकाे औँचित्य लाई औंल्याउँदै रिब्दिकाेट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले पिएनसी नर्सिङ स्वास्थ्य संस्थाहरूमा रही कार्य गरिरहनुभएका कर्मचारीका लागि दुईदिने अभिमुखीकरण तथा समीक्षा कार्यक्रमले सिकाइमा निख्खरता ल्याउने बताउँदै स्वास्थ्य शाखा प्रमुख अधिकारीले स्वास्थ्य संस्थाका नर्सिङमा कार्यरत कर्मचारीहरूले मुख्य सेवा प्रवाह गर्दा सेवाको गुणस्तर एवं सेवाग्राहीलाई ध्यानमा राखेर आफ्नो कार्यसम्पादन गर्नुपर्ने भन्दै उहाँले स्वास्थ्य सेवाको गुणस्तर र संस्थामा रहेको स्रोतकाे सहि उपभाेग गरि स्वास्थ्य संस्थामा सेवा लिनलाई आउँनुभएका सेवाग्राहीलाई गुणस्तरीय सेवा दिनमा दत्तचित्त भएर लाग्नुपर्ने बताउँनुभयाे ।

पिएनसी नर्सिङ तथा समीक्षा कार्यक्रममा रिब्दिकाेट गाउँपालिका सूचना अधिकृत रूकलाल, भट्टराई पत्रकार नवराज ज्ञवाली र गाउँपालिकाका राेजगार सहायक शिव पाेखरेलकाे आथित्यता रहेको थियो । पिएनसी नर्सिङ स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरूका लागि दुईदिने अभिमुखीकरण एवं नर्सिङ समीक्षा कार्यक्रम रिब्दिकाेट गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीकाे अध्यक्षतामा भएको कार्यक्रममा पालुङ स्वास्थ्य चाैकी अनमी सुनिता कसीले सहजीकरण गर्नुभएको थियोे । सिनियर अनमी निरिक्षक कमला लाम्टाङ्गेकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *