नवप्रतिभा बाँसटारी सेवा केन्द्रले सदस्यसंग गर्‍याे   अन्तरक्रिया

पाल्पा, नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाँसटारी सेवा केन्द्रको अन्तक्रिर्या सम्पन्न भएको छ । अन्तक्रिर्या कार्यक्रम तानसेन नगरपालिका वार्ड नं. ७ का वडाअध्यक्ष प्रदिप खनालकाे प्रमुखआतिथ्य र सरस्वती माविका प्रधानाध्यापक शंकरप्रसाद पाैडेलकाे आतिथ्यता एवं  सहकारीका बाँसटारी सेवा केन्द्र सञ्चालन उप समिति सदस्य गिरीराज गैरेकाे अध्यक्षतामा भएको अन्तक्रिर्या कार्यक्रमलाई नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत रामप्रसाद काफ्लेले सहजीकरण गर्नुभएको थियोे ।

नवप्रतिभा साकाेस बाँसटारी सेवा केन्द्र पाल्पाको  आयाेजनामा गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागी शेयर सदस्यहरूकाे तर्फबाट कुलप्रसाद पाण्डे र सारदा न्याैपानेले नवप्रतिभा बचत तथा ऋण सहकारीको काराेवार र गतिविधि राम्रो रहेको भन्दै प्रसंसा गर्नुभयो । उहाँले सहकारीले सामाजिक काममा समेत दरिलो उपस्थित जनाउँदै सामाजिक   दृष्टिले पनि सहकारी राम्रो र अब्बल रहेकोले ढुक्क भएर संस्थाबाट काराेवार गर्न र सहकारीको सदस्य बन्नलाई समेत अनुरोध गर्नुभएको थियो ।

नवप्रतिभा साकाेसकाे अन्तक्रिर्या कार्यक्रममा सेवा केन्द्र प्रमुख सपना केसीले सहकारीको प्रगति सेवा केन्द्रमा सदस्यहरूकाे संख्या, शेयरपूँजी,बचत रकम,कर्जा लगानी,कर्जा अशुली र सहकारीले गर्ने कामकाे बारेमा जानकारी दिने उद्धेश्यले संस्थाकाे प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ५७५ जना शेयर सदस्य रहेको र सहकारी संस्थाबाट प्रदान भइरहेको सेवा र आर्थिक काराेवारले भाेलीका दिनमा अझ राम्रो सेवा प्रदान गर्न सकिने भन्दै साेही उद्धेश्यले  अन्तक्रिर्या कार्यक्रम गरिएको बताउनुभयो ।

त्यस्तै अन्तक्रिर्या कार्यक्रमलाई सहजीकरण गर्नुहुदै सहकारीका संस्थापक अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत रामप्रसाद काफ्लेले संस्थाकाे पहिलो उद्धेश्य भनेको बचत गर्नु रहेको बताउनु भएको दाेस्राे भनेको सामाजिक काममा सहभागी  र ऋण लगानीको रहेको बताउँदै उहाँले ऋण माग गर्दा पुर्व योजना बनाएर कहाँ के कुन विषयलाई महत्त्व र उत्पादन मुलक स्थानमा लगाउ सकिन्छ भनी योजना बनाउनुपर्ने बताउदै उहाँले सेवा केन्द्र संग रहनुहुने शेयर सदस्यहरूले संस्थाबाट अधिक फाईदा लिन सक्नुपर्ने बताउनु भएको थियो।

अन्तक्रिर्या कार्यक्रम सहकारी संस्था बाँसटारी सेवा केन्द्र जुनियर सहायक तुलमाया साेतीकाे स्वागत र नवप्रतिभा साकाेसआरूङ्गखाेला तालिम प्रशिक्षक सुरज महताेकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *