नागरिकको घरदैलोमा पुगेर स्वास्थ्य सेवादिदै माथागढी

पाल्पा, माथागढी गाउँपालिकाले घरदैलाेमा पुगेर नागरिकलाई स्वास्थ्य सेवा दिन थालेको छ । गाउँपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि घरघरमा गएर स्वास्थ्य उपचार सेवा दिन थालेको हो ।

माथागढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख केशव जिसीले गाउँपालिकाले स्वास्थ्य चौकीसम्म जान नसक्ने जेष्ठ नागरिक अशक्त अपांग भएका अस्पताल पुग्न नसक्ने नागरिकहरुको घरघरमै पुगेर स्वास्थ्य परिक्षण लगायतका बिरामी चेकजाँच तथाऔषधी वितरण गर्दै आएको बताउनुभयो ।

नागरिकको घरदैलोमा गई मधुमेह ,रक्तचापकाे परीक्षण हुदै आएको स्वास्थ्य शाखा प्रमुख जिसीले बताउनुभयो । उहाँले परीक्षणका क्रममा अन्य समस्या देखिएमा उपचारका लागि समन्वय गर्नुका साथै आवश्यक औषधिहरु निःशुल्क वितरण गर्ने गरेको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले ज्येष्ठ नागरिकलाई स्वास्थ्य उपचारमा सहज बनाउने उद्देश्यले घरघरमा गएर सेवा दिनुका साथै थप उपचार आवश्यक परेमा नगर अस्पतालसँग समन्वय गरि स्वास्थ्य उपचारको व्यवस्था गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “आवश्यक परेमा माथिल्लो अस्पतालमा उपचारका लागि समन्वय र सहजीकरण गर्छौं ।”गाउँपालिकाले औषधि उपचारको अभाव कसैलाई नहोस् भनेर यो अभियान सञ्चालन गरेकाे अध्यक्ष चिदीले बताउनुभयाे ।

गाउँपालिका उपाध्यक्ष विष्णुमाया लुङ्चेले गाउँपालिकाबाट अघिल्लो बर्ष पचास लाख रूपैयाँ आन्तरिक आय बाट थप पाँच स्थानमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेको जानकारी दिनुहुदै उहाँले गाउँपालिकाले स्वास्थ्य इकाई स्थापना गरेपछि अहिले सबै वडाका नागरिकलाई सहज उपचार भएको छ भन्नुभयो । याे गाउँपालिका भौगोलिक हिसाबले अप्ठेरो भएकाले पनि यहाँ नागरिकहरुलाई कसरी सहज र अझ धेरै सुविधा सहित स्वास्थ्य सेवा उपलब्ध गराउन सकिन्छ भन्ने अभिप्रायले याे सेवा सुरु गर्दै अघि बडाएकाे भन्दै उहाँले अरू नसकेपनि पालिकाको क्षमताले भ्याएसम्म कोसिस गरेको पालिका उपाध्यक्ष लुङ्चे बताउनुभयो । यसभन्दा अघि ६ घण्टा सम्म लगाएर बिरामीहरु स्वास्थ्य संस्थामा उपचार लागि धाउनु पर्ने बाध्यता थियो । अहिले गाउँपालिकाबाट सामुदायिक स्वास्थ्य इकाई स्थापनाभए पछि बिरामीहरुको स्वास्थ्य उपचारमा आउने समय छोट्टिएको छ उहाँले भन्नुभयो ।

माथागढी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष यस अघि स्वास्थ्य कर्मी भएकाले पनि स्वास्थ्य क्षेत्रलाई बढी प्राथमिकतामा राखेर काम गरिरहेको स्थानीयहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *