नासाले अन्तरिक्षमा पत्ता लगायो ‘आइन्स्टाइन औंठी’

वैज्ञानिकहरुका अनुसार अन्तरिक्षमा २१ सय करोड प्रकाशवर्ष टाढा एउटा घना आकाशगंगा छ । यसको चारैतर्फ घुमाउरो प्रकाशको रिङ छ । सो रिङको आकृति परिवर्तन भैरहेको र चलायमान तथा टुटफुट भैरहेको हुन्छ । त्यसैले यसलाई आइन्स्टाइन रिङ पनि भनिन्छ । यो एक रहस्यमय आकाशगंगा हो ।हालै नासाको जेम्स वेब स्पेस टेलिस्कोपले यो आकाशगंगामा अवस्थित आइन्स्टाइन रिङको तस्वीर लिएको छ । पहिलोपटक यति टाढाको कुनै आइन्स्टाइन रिङको प्रष्ट तस्वीर खिचिएको हो ।यसलाई आइन्स्टाइन रिङ भन्नुको कारण छ । किनकि सापेक्षिकताको सिद्धान्तमा अल्बर्ट आइन्स्टाइनले यो रिङ पत्ता लगाएका थिए ।यो एक निकै दुर्लभ दृश्यको रुपमा रहेको छ । यो औँठीको गुरुत्वाकर्षण शक्ति निकै धेरै हुन्छ । जसलाई gravitationally lensed object भनिन्छ ।

कुनै शक्तिशाली आकाशगंगा वा ब्लाक होलले आफ्नो चारैतर्फ अन्तरीक्ष समयलाई बाँधेर राख्दा यस्तो रिङ बन्दछ । त्यहाँबाट जुन प्रकाश निस्कन्छ त्यसले चारैतर्फ एउटा घेराजस्तो आकृति बनाउँदछ ।यो रिङले आफ्नो नजिकमा रहेका अन्य आकाशगंगा, सुपरनोभा तथा आफ्नो नजिकबाट आउने कुनै पनि वस्तुलाई आफूतर्फ तानेर समाहित गर्दछ वा ती पिण्डहरु यसको नजिक हुँदा टेढो भएर निस्किन्छन् । किनकि यो रिङको गुरुत्वाकर्षण यति धेरै शक्तिशाली हुन्छ कि यसको नजिकबाट गुज्रने वस्तुको आकार नै बदलिन्छ । यो नै आइन्स्टाइन रिङको शक्ति हो ।

आमरुपमा यस प्रकारको शक्तिशाली गुरुत्वाकर्षण शक्ति भएको वस्तुको नजिक अन्तरीक्षमा एउटा अर्धचन्द्राकार चमकवाला आकृति देखिन्छ वा कुनै अधूरो रिङ देखिन्छ । तर पहिलोपटक यति धेरै पूर्ण आइन्स्टाइन रिङ देखिएको हो । वास्तविक आइन्स्टाइन रिङले पूर्ण आकारको घेरा बनाउँदछ । यो त्यसबेला देखिन्छ जब रिङको केन्द्र, रिङ र देख्नेवाला एउटा सिधा रेखामा हुन्छ ।हालै यो तस्वीरसँग सम्बन्धित एउटा रिपोर्ट प्रिपिन्ट सर्भर arXiv मा प्रकाशित भएको छ । यो रिपोर्ट नेचर एस्ट्रोनोमीमा समेत प्रकाशित हुने भएको छ ।यो आइन्स्टाइन रिङको नाम JWST-ER1 राखिएको छ । जेम्स वेब स्पेस टेलिस्कोपले अहिलेसम्म ५ लाखभन्दा धेरै आकाशगंगाको खोजी गरिसकेको छ । यसलाई कसमस वेब सर्भे भनिन्छ ।

आइन्स्टाइन रिङको घेरा पृथ्वीभन्दा १७ सय करोड प्रकाश वर्ष टाढा छ । जबकि उसको आकाशगंगा त्यो रिङभन्दा अझै ४ सय करोड प्रकाशवर्षको दूरीमा छ । यो अहिलेसम्म अन्तरीक्षमा खोज गरिएको सबैभन्दा टाढाको वस्तु हो ।यसअघि अन्तरीक्षमा सबैभन्दा टाढा अर्थात् १४ सय ७० प्रकाशवर्ष टाढाको मात्र वस्तुको खोज भएको थियो । ब्रम्हाण्डको उमेर १३ सय ७० करोड वर्ष मानिन्छ । यो ब्रम्हाण्ड लगातार फैलिरहेको छ । आइन्स्टाइन रिङको वजन ६५०० करोड वटा सूर्यको बराबर रहेको बताइन्छ ।

– एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *