नाै महिने बालकलाई स्पाइनल मस्क्युलर एर्थोफि रोग ,आर्थिक अभावले उपचारमा कठिनाइ भएकोले सहयोग लागि परिवारकाे अपिल

पाल्पा,जिल्लाको तानसेन नगरपालिका-११, बाँझाका नाै महिनाका बालक सिर्जम बिष्ट संसारमै दुर्लभ मानिने रोग स्पाइनल मस्क्युलर अर्थोफि रोगले ग्रसित रहेका छन् ।पाल्पाको तानसेन नगरपालिका-११, बाँझा स्थाई घरभई हाल रूपन्देहीकाे तिलोत्तमा बस्दै आउँनुभएकी सिर्जना भट्टराई बिस्ट र महेन्द्र बिष्टका नाै महिनाका छोरा सिर्जम बिष्ट स्पाइनल मस्क्युलर अर्थोफि रोगबाट ग्रसित भएका हुन् ।जन्मिदा समान्य अवस्था रहेपनि वंशाणुगत रूपमा लाग्ने याे रोग लागे पछि अहिले समस्यामा रहेका हुन्। याे राेग लागेपछि निकै ठूलो धनराशि खर्चिनु पर्ने अवस्था रहेको भन्दै नाै महिने बच्चा सिर्जमका पिता महेन्द्र विष्टले भन्नुभयो । रोग लागे पछि अहिले मांसपेशी कमजोरी हुने ,जस्ले गर्दा असक्तता मेरूदण्ड स्कोसिस समस्या हुनेहुँदा फोक्सोको कार्य प्रक्रियालाई अवरोध गराउने र स्वासप्रस्वासमा समस्या देखिने गरेकाे उहाँले कुराकानीमा गर्दै भन्नुभयो। आफुले रूपन्देहीकाे तिलोत्तमा सामान्य व्यवसाय गरि दैनिक जीवनयापन चलाउँदै आएकाे बताउँने बिष्टले नाै महिना पुगेका छोरा सिर्जम बिष्टको उपचारका लागि झण्डै सात लाख रकम खर्च भई सकेको पत्रकार भेटघाटमा जानकारी दिनुभयो । उहाँले उपचारका लागि नेपालका विभिन्न अस्पताल हुँदै भारत सम्म पुगेर परिक्षण गर्दा स्पाइनल मस्क्युलर एर्थोपि रोग देखा परेको बताउँनुहुँदै उहाँले आफुलाई अस्पतालले बताए अनुसार संसारका धेरै कम मानिसहरूमा यो रोग देखा पर्ने र उपचारका लागि करिब छब्बीस करोड खर्च लाग्ने बताउनुभयो ।

बच्चा जन्मिदा सामान्य नै भए पनि जन्मिएको करिब नाै महिना सम्म पनि सामान्य बच्चा जस्तो बामे सर्ने,लडिबुडि गर्ने जस्ता क्रियाकलाप गर्न सक्दैन उहाँले भन्नुभयो । डाक्टरकाे सल्लाह अनुसार बच्चालाई अठार महिनाभित्र जोजेन्सामा नामको खोप लगाउनुपर्ने तर आर्थिक अभावमा खाेप लगाउन सकिन्छ कि सकिदैन थाहा छैन अवस्था निकै कमजोर भयाे उहाँले भन्नुभयो । हाल बिष्टको घर परिवारमा सात जनाको परिवार हुनुहुन्छ | हाम्रो क्षमता भन्दा धेरै रकमको आवश्यकता रहेकोले सहयोग गरिदिनुहुन पनि अपिल गर्दछु,आमा सिर्जना विष्टले बताउनुभयो । सबै जना देश तथा विदेशमा रहनुभएका दाजुभाइ तथा दिदी बहिनिहरूको सानो सानो सहयोगले छोरा सिर्जमको उपचारमा थप राहत हुने भएकाले सहयोग गरिदिनुहुन अनुरोध गर्नुभएको छ ।नाै महिने बालककाे उपचारका आर्थिक सहयोग गरिदिनु अपिल गर्दछाै । सहयोग गर्न चाहानेहरुले फाेन नम्बर आमा सिर्जना भट्टराई बिष्ट 9849907505,बुवा महेन्द्र बिष्ट 9847101478 लाई सम्पर्क गरिदिनुहुन अनुराेध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *