निस्दीका सामुदायिक वन उपभोक्ता समुह तथा पैँतिस घरपरिवारकाे सक्रियतामा पैँतिस हजार बढी बिरुवा वृक्षारोपण

धनबहादुर ठाडा पाल्पा, निस्दी गाउँपालिकामा यस वर्ष पैंतीस हजार बढी बिरुवा वृक्षारोपण गरिएको छ ।  निस्दी गाउँपालिकाका विभिन्न सामुदायिक वन तथा निजी जग्गाको खालीक्षेत्रमा तेजपात, चिउरी र खयरका बिरुवा राेपिएकाे हो ।

वृक्षारोपणलाई आवश्यक पर्ने बिरुवा निस्दी सव डिभिजन वन कार्यालय मित्यालको सहयोगमा  विभिन्न नर्सरीमा तयार गरि उपलब्ध गराइएको  थियो । सव डिभिजन वन कार्यालयकाे नर्सरीमा तयार भएका बिरुवालाई निस्दीका सामुदायिक वन तथा निजी जग्गाधनीलाई निशुल्क रुपमा वितरण गरेको निस्दी सव डिभिजन वन कार्यालय प्रमुख नन्दप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँले वन कार्यालयबाट थुम्काडाँडा सामुदायिक वन उपभोक्ता समूह निस्दी-४,मित्याल,मौलाथरका उपभोक्ताले दुई हेक्टर क्षेत्रमा ३ हजार २ सय बढी चिउरी र तेजपातको बिरुवा लगाएको जानकारी गराउनुभयाे ।

यस्तै गरी रिगैरा सामुदायिक वन उपभोक्ता समूह मित्यालकै झ्यालतुङले चार हेक्टर क्षेत्रफलमा ६ हजार ४ सय बढी तेजपात र चिउरीको बिरुवालाई वृक्षारोपण गरेका छन् । पोखरा डाँडा सामुदायिक वन उपभोक्ता समूहले ३ हेक्टर क्षेत्रमा ३ हजार ३ सय बढी खयरको बिरुवा लगाएको छ ।निस्दी वडा नम्बर ६ अर्चलेका ३५ घरधुरीले आफ्नो निजी जग्गामा ६ हजार ५ सय तेजपातको बिरुवा रोपण गरेको निस्दी सव डिभिजन वन कार्यालय प्रमुख अधिकारीले बताउनुभएको छ । त्यसैगरी यहाँको अन्य सामुदायिक वन र अन्य व्यक्तिहरुले पनि ठूलो परिणाममा वृक्षरोपण गरेको अधिकारीले जानकारी दिनुभएको छ ।

चिउरीको बोट बहुउपयोगी बिरुवा रहेको र चिउरी बाेटको घाँस गाईबस्तुलाई धेरै पोसिलो भएकोले  पनि घाँस प्रयोगकाे लागि मात्र नभएर गाउँघरमा विभिन्न भोजभतेर तथा विवाहमा चिउरीको पातले दुनाटपरी बनाएर प्रयोग गर्ने गरिन्छ । चिउरीको विशेष गरी तेल सहित घाँसपात र भूसंरक्षणका निम्ती महत्वपूर्ण हुने गरेको निस्दी सव डिभिजन वन कार्यालयका प्रमुख अधिकारीको भनाइ छ । चिउरीको तेल ( घिउ ) रोटी पोल्न, मकै भटमास भुटन र कोही कसैले तरकारी पकाउनलाई पनि  चिउरीको तेल समेत प्रयोग पाइन्छ उहाँले भन्नुभयो । तेल निकालेपछिको पिना कृषकले आफ्नो बारी  लाई मलको रूपमा प्रयोग गर्नुका साथै घर चुलोमा आगो बाल्न र खोलामा माछा मार्नलाई लागि पनि प्रयोग गरेको देखिन्छ । यस्तै तेजपात र खयरबाट पनि उपभोक्ताले धेरै आम्दानी प्राप्त गरेका छन् । निस्दीमा वृक्षरोपण कार्य प्रत्येक वर्ष हुँदै आएको छ । जसले गर्दा प्राकृतिक प्रकोप हुनबाट बचाउन   साथैआर्थिक लाभ लिन समेत वृक्षरोपण हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *