निस्दीको अर्चलेमा वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाइ

पाल्पा, निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पामा वडा स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।वडा नम्बर-६,अर्चले वडाका वडाध्यक्ष मेख बहादुर सुनारीको अध्यक्षतामा सन्चालन भएको कार्यक्रम वडा कार्यालयले आयोजना गरेको हो । वडा सचिब मिनबहादुर रानाले गत आर्थिक वर्षमा सञ्चालन र सम्पन्न भएका योजनाहरू तथा कार्यक्रमबारे जानकारी दिनुभएको थियो ।

कार्यक्रममा योजना तथा कार्यक्रममा प्राविधिक समस्या देखिएको ,स्वास्थ्य चौकीको सेवामा गुणस्तर हुनुपर्ने,विद्यार्थीहरुको सिकाई उपलब्धिपूर्ण र सन्तोषजनक नभएको बारेकार्यक्रममा सहभागीहरूले जिज्ञासा राखेका थिए । कार्यक्रममा वडाध्यक्ष सुनारी,वडा सदस्य प्रकाश राना,वडा सदस्य कृष्ण बहादुर सोमै,स्वास्थ्य चौकी इन्चार्ज विद्यानन्द राय,गोरखनाथ माध्यमिक विद्यालय अर्चलेका सहायक प्रधानाध्यापक लाल बहादुर बयम्बु, प्राविधिक भवेश्वर ठडराई लगायतकाले उठेका जिज्ञासाहरु बारे बोल्नुभएको थियो । कार्यक्रममा नेकपा एमाले अर्चलेका सचिब कृष्ण बहादुर सुनारी, मन बहादुर सुनारले जिज्ञासा राख्नुभएको थियो । अर्चले स्वास्थ्य चौकीको सभाहलमा भएको कार्यक्रमको सहजीकरण पत्रकार होम राई मगरले गर्नुभएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *