निस्दीको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

धनबहादुर ठाडा ,पाल्पा  निस्दी गाउँपालिकाले  दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले प्रगति प्रतिवेदन सार्वजनिक गर्नुभएको हाे ।

निस्दीमा हालसम्म वित्तीय तर्फ ३० दशमलव ८२ प्रतिशत र भौतिक तर्फ ५१ प्रतिशत खर्च प्रगति भएको प्रतिवेदनमा उल्लेख छ । हालसम्म २ सय ४९ वटा योजनाको सम्झौता भएको र ६४ वटा योजनाको फरफारक भएको प्रतिवेदनमा उल्लेख रहेको छ । निस्दीले विगत एक वर्षदेखि बन्द रहेको २५ किलोवाट क्षमताको वायु ऊर्जा सञ्चालनमा ल्याइएको, एकीकृत घुम्ती सेवा सञ्चालन सहितको स्वास्थ शिविर सञ्चालन गरिएकाे प्रमुख प्रशासकीय अधिकृत दयालले बताउनुभयाे ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ७३ जनालाई रोजगारमुलक आयोजनामा संलग्न गराई   सात वटै वडा जोडिने गरि केम खाम्चा मार्गको ग्रावेल तथा स्तरउन्नतिका लागि प्रक्रिया अगाडि बढाएको प्रतिवेदनमा रहेको छ । आन्तरिक पर्यटन प्रवर्द्धनको लागि विशेष योजना अगाडि बढाउनुका साथै १५ सैया हस्पिटलको पर्खाल निर्माण र दोस्रो ढलानको काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत दयालले बताउनुभयाे ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरूबाट निस्दीमा वालविवाहको समस्या, शैक्षिक गुणस्तर, पर्यटन प्रबर्द्धन, बिजुली, यातायात, खानेपानीसँग सम्बन्धित विषयमा जिज्ञासा राखिएकाे र यसैबीच सार्वजनिक सवारीसाधनको भाडादर समायोजन हुनुपर्ने माग समेत राखिएको थियोे । स्थानीय उत्पादनको बजारीकरण तथा प्रोत्साहन, सहकारीको अनुगमन तथा व्यवस्थापन हुनुपर्ने   सुझावमा उठेका जिज्ञासालाई सम्वाेधन गर्नुहुदै अध्यक्ष सारूले  सुझाव तथा  जिज्ञासा राख्नुहुने सबैलाई धन्यवाद दिनुभएको थियोे ।कार्यक्रममा  उहाँले गाउँपालिकाबाट परिमाणमुखी भन्दा परिणाम आउने  खालको काम गरिने बताउनुभयाे ।

अध्यक्ष सारुले आगामी दिनमा निस्दीले रोजगार तथा व्यवसाय मुलक र उत्पादनमुखी काम गरिने  जानकारी गराउँनुहुदै यसका लागि सबैकाे साथ र सहयोग आवश्यक रहने उहाँले बताउनुभयाे । गाउँपालिकाको बहुउद्देश्यीय भवनमा भएको कार्यक्रममा उपाध्यक्ष तिरन कुमारी श्रेष्ठ, नेकपा एमालेका दमन सिंह थापा, नेपाली कांग्रेसका पूर्ण बहादुर खाँण लगायतले मन्तव्य सहित शुभकामना  राख्नु भएको थियोे ।

कार्यक्रममा सहभागीहरूले उठाएका जिज्ञासाको जवाफ गाउँपालिकाकाे विभिन्न विषयगत शाखा संयोजक, प्रमुख प्रशासकीय अधिकृत तथा निस्दी गाउँपालिका अध्यक्ष सारूले दिनुभएकाे थियोे । सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण कान्तिपुर दैनिकका उपसम्पादक माधव अर्याल र पत्रकार दयाराज न्यौपानेले गर्नुभएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *