निस्दीमा अन्तरपालिका स्तरीय भलिबल खेल प्रतियोगिता संचालन

पाल्पा, निस्दी गाउँपालिका  प्रथम खुल्ला अन्तर पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता संचालन भइरहेको छ । बैशाख २३ गतेदेखि सुरू भएको प्रतियोगिताको दोस्रो दिन बौदीकाली गाउँपालिका नवलपुर र तिनाउ गाउँपालिका बीचको खेलमा बौदीकाली गाउँपालिकाले जीत हासिल गरेको छ । त्यसैगरी कालीगण्डकी गाउँपालिका स्याङ्जा र रिब्दीकोट गाउँपालिका पाल्पाको खेलमा कालीगण्डकी गाउँपालिकाले जीत हासिल गरेको छ ।

गाउँपालिकाकाे गल्धा ढुंगानाबेशी खेलमैदानमा  भइरहेको खेलमा बर्दघाट नगरपालिका परासीले गलकोट नगरपालिका बाग्लुङलाई जीतेकाे छ । लिग चरण अनुसार सन्चालन भएको भलिबलकाे प्रतियोगितामा पाल्पाका चारवटा पालिका सहित बाहिरी जिल्लाका चारवटा पालिकाहरुको टिमले सहभागिता जनाएको निस्दी भलिबल संघ बरिष्ठ उपाध्यक्ष धनबहादुर जर्घाले जानकारी दिनुभएको छ ।

निस्दी गाउँपालिका आयोजना र निस्दी भलिबल संघ पाल्पाको सह-आयोजनामा सन्चालन भएको बाँकी खेलहरु भोलि बिहान ८ बजेदेखि शुरु गरिने खेल संयोजक उमेश कुमार गाहाले जानकारी दिनुभएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *