निस्दी गाउँपालिकाकाे वडाका सबै टाेलहरूमा प्रवेशद्वार निर्माण

हाेम राई मगर पाल्पा, निस्दी गाउँपालिकाकाे अर्चले  टोलहरुमा प्रवेशद्वार तथा गाङ्छारी निर्माण कार्य हुँदैछ। निस्दी गाउँपालिकाको आठ लाख रुपैयाँको आर्थिक सहयोगमा सन्चालन भएको प्रवेशद्वार र गाङ्छारी अर्चलेका नौ वटै टोलमा निर्माण गरिने वडाअध्यक्ष मेखबहादुर सुनारीले बताउँनु भएको छ ।

गाउँपालिकाकाे आर्थिक सहयोगमा अहिलेसम्म ५ वटा टोलमा प्रवेशद्वार निर्माण कार्य सम्पन्न भएको  र बाँकी टोलमा ठाउँ छनौट संगै निर्माण कार्य अघि बढ्दैछ वडाअध्यक्ष सुनारीले भन्नुभएको हाे । वडा नम्बर-६,अर्चलेको मूल प्रवेश स्थल निस्दीखोलाको रेचेघाटमा पक्की पुल नजिक पाँच लाख रुपैयाँको लागतमा गेट निर्माण कार्य थालनी गरेको अर्चलेले सबै टोलहरुमा प्रवेशद्वार र गाङ्छारी गेट निर्माण भएको छ। गाउँको भेला र प्रतिक्षालय प्रायोजनका लागि निर्माण गरिएको गाङ्छारीको शाब्दिक अर्थ शित्तल स्थल हो ।

ग्रामीण पर्यटनमा टेवा पुग्ने उद्धेश्यले अर्चलेका सबै टोलहरूमा प्रवेशद्वार निर्माण र सार्वजनिक स्थलकाे संरक्षण गर्दै टोलहरूका सबै मुख्य-मुख्य चोकहरुमा गाङ्छारी निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष खेमबहादुर विश्वकर्माले जानकारी गराउँनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *