निस्दी र पूर्वखाेला जाेड्ने माेटरेबल पुनकाे निर्माण

धनबहादुर ठाडा, पाल्पाकाे निस्दी गाउँपालिका र पूर्वखोला गाउँपालिकालाई जोड्ने मोटरेबल पुल निर्माण सकिएकाे छ । बैशाख ५ गते मंगलबारका दिन एक कार्यक्रमका बीच माेटरेवल पुलकाे उद्घाटन हुने भएको छ । मोटोरेबल पक्की पुलकाे निर्माणकार्य सम्पन्न भए पश्चात् लुम्बिनी प्रदेश भौतिक पूर्वाधार बिकास मन्त्री चेत नारायण आचार्यले उद्घाटन गर्नुहुने जानकारी निस्दी गाउँपालिका प्रवक्ता मेख बहादुर सुनारीले बताउनुभयाे ।

निस्दीखोला रेचेघाटमा लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयकाे यातायात पूर्वाधार निर्देशनालयको आयोजनामा निर्माण भएको पुलकाे रू:-४कराेड २८लाख रूपैयाँ  लागतमा निर्माण कार्य सम्पन्न भएको हो । जय नेपाल कम्पनी, विवेक कुमार निर्माण सेवा प्रा. लि. स्याङ्जाले निर्माण कार्यकाे जिम्मा पाएसंगै उक्त कम्पनीले निर्माण सम्पन्न गरेको हाे ।

पैदलमार्ग सहित दुई ल्याण्ड रहेको पुलको लम्बाई ४६ मिटर रहेको छ भने  दुई गाउँपालिका जोड्ने पक्की मोटरेबल पुलकाे समयमै निर्माण भएपछि दुवै गाउँपालिकाका स्थानीय नागरिकहरु खुशी देखिएका  छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *