नीति, कार्यक्रम तथा बजेट निर्माणका का लागि सुझाव संकलन गर्दै रिब्दिकाेट गाउँपालिका

पाल्पा, रिब्दिकाेट गाउँपालिकाले आर्थिक वर्ष २०८०-८१ का लागि नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि सराेकारवाला हरूसंग सुझाव संकलन गरेको छ । रिब्दिकाेट गाउँपालिकाले कार्यक्रमकाे आयाेजना गर्दै आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट निर्माण गर्नलाई सराेकारवालाहरूसंग सुझाव मागेको हाे। रिब्दिकाेट गाउँपालिकाले असार पाँच गतेभित्र गाउँसभा तथा १३ औं अधिवेशनमा नीति कार्यक्रम तथा बजेट पेस गरि सक्नु पर्ने छ ।

यसका लागि रिब्दिकाेट गाउँपालिकाले नीति कार्यक्रम तथा बजेट निर्माण गर्नुअघि सराेकारवालासंग राय सुझाव संकलनका लागि कार्यक्रमकाे आयाेजना गरिएकाे जानकारी रिब्दिकाेट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले गराउँनुभयाे । उहाँले बजेटलाई स्थानीयहरूकाे आवश्यकता र माग अनुसार नीति कार्यक्रम तथा बजेट निर्माणलाई प्रभावकारी बनाउनका लागि सराेकारवालाहरूसंग सुझाव माग गरिएको उहाँकाे भनाइसंगै गाउँपालिकाले राय सुझाव पेस गर्न सार्वजनिक सूचना जारी गरेको हाे ।

गाउँपालिकाका आठवटै वडाका टाेलहरूमा पुगेर नागरिकहरू भेट्ने,आवश्यकता बुझ्ने र साेहि अनुसार नीति ,कार्यक्रम तथा बजेट निर्माणकाे पूर्व तयारीमा गाउँपालिका जुटेकाे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले बताउँनुभयाे । रिब्दिकाेट गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि नीति कार्यक्रम तथा बजेट निर्माण सम्वन्धमा सराेकारवालासंग रायसुझाव संकलन गर्न गरिएको कार्यक्रममा गाउँपालिकाले नीति कार्यक्रम तथा बजेट निर्माण गर्दा प्राथमिकताकाे आधारमा विषय पहिचान गरि सहजतामा जनताको चाहना र भावना बुझ्दै बजेटलाई यथार्थ परक बनाउन आ-आफ्नो धारणा सहितकाे राय सुझाव राख्नुहुदै कार्यक्रममा सहभागीहरूबाट माग गरिए अनुसारको सुझाव आएको बताउँदै ती सुझाव अनुसारको नीति कार्यक्रम तथा बजेट निर्माणमा गाउँपालिकाले ध्यान दिने प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताउँनुभयाे। रिब्दिकाेट गाउँपालिकाले प्राथमिकताका आधाररूलाई तोकेर सम्बन्धित विषयमा रायसुझाव माग गरेको भन्दै उहाँले कृषि उत्पादनमा वृद्धि गरी स्वरोजगार सिर्जना गर्ने, गुणस्तरीय शिक्षा कायम गर्ने, भौतिक पूर्वाधारलाई पहुँच र गुणस्तर कायम गर्ने गरि गाउँपालिले रायसुझाव माग गरेको प्रमुख प्रशासकीय अधिकृत अर्यालले भन्नुभयो । उहाँले आवश्यक पर्ने याेजना र माग अनुसारको सुझाव प्राप्त गरिएको बताउँनुभयाे । गाउँपालिकाले मुख्य आर्थिक क्रियाकलापमा जनतालाई जोड्ने गरि नीति कार्यक्रम तथा बजेट निर्माण गर्दै शिक्षा ,स्वास्थ्यक्षेत्रमा गुणस्तर वृद्धि गर्ने जनताको जीवनस्तर सुधार गर्ने विषयलाई प्राथमिकता दिने लक्ष्य छ। उहाँले भन्नुभयो , ‘यसैलाई आधार मानी आगामी आर्थिक वर्षको नीति ,कार्यक्रम र बजेटमा राय सुझाव माग गरेका छौँ ।’

आगामी आर्थिक वर्षको नीति ,कार्यक्रम र बजेटमा मुख्य गरि रोजगार सिर्जनागर्ने खालका विषयलाई यहाँहरूकाे सुझावलाई गाउँपालिकाले प्राथमिकता दिदै नीति कार्यक्रम र बजेट निर्माण गर्नेछ गाउँपालिकाले आर्थिक क्रियाकलापमा नागरिकलाई नीति कार्यक्रममा जोड्दै विकास निर्माणका काममा जनसहभागिता गराउँदै अघि बढ्ने र आवश्यकताका विषय प्राथमिकतामा पर्ने गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले बताउँनुभयाे । उहाँले कृषि, पर्यापर्यटन, धार्मिकपर्यटन, लघु उद्यम विकासको माध्यमबाट आर्थिक क्रियाकलाप वृद्धि गर्ने, भाैतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्यको गुणस्तर वृद्धि गर्ने खालका विषय गाउँपालिकाकाे नीति कार्यक्रम तथा बजेट निर्माणका प्राथमिकता रहेकाे बताउँनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *