नेकपा एमालेकाे तानसेन नगर अध्यक्षमा आत्रेय पुनः निर्वाचित

पाल्पा, नेकपा एमाले तानसेन नगर कमिटीको दाेस्राे अधिवेशन बाट गुराँश आत्रेय पुनः निर्विरोध निर्वाचित हुनुभएको छ । त्रिभुवन बहुमुखी क्याम्पसकाे सभाहलमा भएको नेकपा एमालेको दोस्रो अधिवेशनले आत्रेयलाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । निर्वाचित आत्रेय सहित तानसेन नगर कमिटीमा उपाध्यक्षमा शशी श्रेष्ठ, सचिवमा महेशलाल शाक्य, उपसचिवमा मित्रलाल नेपाली र थानिमाया सोमै चयन हुनुभएकाे छ । १४ वटा वडाबाट एक सय बढी पार्टीका संगठित सदस्यहरु रहेको स्थानमा ५ जना र एक सयभन्दा कम संगठित सदस्य भएको वडामा ३ जना सदस्य आउने गरी एमाले नगर कमिटीमा नगर सदस्यहरु चयन हुनुभएको छ ।

नगर अधिवेशनले कमिटीका नगर पुर्व अध्यक्ष रामप्रसाद पोखरेल, पार्टी उप–सचिव मित्रलाल नेपाली सहित १४ वटै वडाका कमिटी अध्यक्षहरुलाई विशेष सम्मान गरेको छ ।अधिवेशनमा नेकपा एमालेका पोलिटिव्युरो सदस्य ठाकुरप्रसाद गैरे,पार्टी अध्यक्ष धनेन्द्रराज घिमिरे, पार्टीका पुर्व अध्यक्ष एवं संघीय सांसद नारायणप्रसाद आचार्य पार्टीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य पर्शुराम भट्टराई, संविधानसभा सदस्य नारायणी शर्मा घिमिरे लगायतले सम्बोधन गर्दै सुखी नेपाली सम्बृद्ध नेपाल बनाउने पार्टी एमाले मात्र भएकाले सबै जनतालाई एमालेमा गोलवन्द हुन अनुरोध गर्नुभएकाे थियोे । ईलाम र बझाङ उप–निर्वाचनमा विजय हुनुले पनि जनता नेकपा एमालेको पक्षमा रहेकाले आगामी ८४ को निर्वाचनमा एमालेले संघ र प्रदेशमा बहुमत ल्याउने संकेत मिलेको बताउँदै अधिवेशनमा बक्ताहरुले दावी गर्नुभएकाे थियोे ।

अधिवेशनमा तानसेन नगर कमिटी अध्यक्ष आत्रेयले राजनीतिक प्रतिवेदन मार्फत पार्टीको अवस्था, आगामी दिनमा गर्नुपर्ने गतिविधिको बारेमा जानकारी गराउँनु भएको थियाे। अधिवेशनको खुला सत्रमा नेकपा एमाले नगर कमिटी अध्यक्ष गुँराश आत्रेयको अध्यक्षता, उपाध्यक्ष शशी श्रेष्ठको स्वागत एवं सचिव महेशलाल शाक्यको सञ्चालनमा अधिवेशन सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *