नेकपा एमाले रामपुरकाे दुईदिने प्रशिक्षण कार्यक्रम सम्पन्न

शाेभाकान्त पाठक पाल्पा, नेपाल कम्युनिस्ट पार्टी एमाले रामपुर नगर कमिटीकाे दुई दिने नगरस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।फागुन २६ र २७ गते गरि दुई दिन चलेको प्रशिक्षण कार्यक्रममा प्रशिक्षकहरु नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कंडेल,नेकपा एमाले केन्द्रिय पोलिटब्यूरो सदस्य बैजनाथ चौधरी र नेकपा एमाले जिल्ला कमिटी पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य दलबहादुर गुरुङ र रुपन्देही पार्टी स्कूल बिभाग प्रमुख युबराज घिमिरेले पार्टीले अंगिकार गरेको माक्र्सवाद लेलिनबाद र जनताको बहुदलीय जनबादको सिद्धान्त,बिचार,निति तथा कार्यक्रम र संगठनात्मक गतिविधिका विषयमा प्रशिक्षण दिनु भएको थियो ।त्यस्तै राष्ट्रिय राजनीतिमा पार्टीले खेलेको भुमिका र एमाले पार्टी सरकारमा हुँदा जनताको पक्षमा गरेका बिकास निर्माणका काम र विविध विषयहरुमा प्रशिक्षण दिनुहुँदै आफ्नो पार्टी कार्यकर्ता हरूकाे जनतासँगको सम्बन्ध,आचरण र व्यबहार लगायतका बिषयमा प्रशिक्षण दिनुभएको थियो ।होटेल श्रीनगर रामपुर बेझाँडको सभाहलमा भएको प्रशिक्षण कार्यक्रममा प्रतिनिधि सभा सदस्य नारायण प्रसाद आचार्य, नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य युबराज खनाल, नेकपा एमाले पाल्पा जिल्ला कमिटी सचिव रामजी पोखरेल,उपसचिव दिपक बिश्वकर्मा लगायतले प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पुर्बी पाल्पाको बिकासमा नेकपा एमाले निरन्तर लागीरहेको बताउनुभयो ।सम्बोधनकै क्रममा उहाँहरुले कालीगण्डकी नदीका विभिन्न ठाउँमा पक्की पुल निर्माणका लागी पहलकदमी गर्ने देखि यस क्षेत्रमा बिकास निर्माणका काममा महत्त्वपूर्ण भुमिका खेलेको बताउँनुभयो ।

त्यसैगरी रामपुरमा मालपोत कार्यालय,नापी कार्यालय, इलाका प्रशासन कार्यालय ल्याउनलाई नेतृत्वदायी भुमिका खेलेको समेत बताउँनुभयो । प्रशिक्षक प्रशिक्षण कार्यक्रममा नेकपा एमाले आबद्ध रामपुरकापार्टी कमिटी सदस्य ,लुम्बिनी प्रदेश कमिटी,नगर कमिटी रजनवर्गीय संगठनका नेता कार्यकर्ताकाे उपस्थिति रहेको थियोे ।कार्यक्रम नगर कमिटी अध्यक्ष बिष्णुप्रसाद रेग्मीको अध्यक्षतामा उपाध्यक्ष तोयानाथ सारुको स्वागत र नगर कमिटीका सचिब कृतिनाथ श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *