नेकपा एमाले रामपुरकाे दुईदिने प्रशिक्षक प्रशिक्षण सुरु

पाल्पा, नेपाल कम्युनिस्ट पार्टी एमाले रामपुर नगर कमिटीकाे आयोजनामा नगर स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम रामपुरमा सुरु भएको छ । भोलिसम्म चल्ने प्रशिक्षण कार्यक्रमको पहिलो दिनकाे प्रशिक्षण नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेल,नेकपा एमाले केन्द्रिय पोलिट ब्यूरो सदस्य बैजनाथ चौधरी र नेकपा एमाले जिल्ला कमिटी पाल्पा अध्यक्ष धनेन्द्रराज घिमिरेले पार्टीको निति कार्यक्रम बिचार सिद्धान्तकाे बारेमा प्रशिक्षणात्मक बिचार राख्दै संगठनात्मक गतिविधिका विषयहरूमा प्रशिक्षण दिनुभएको थियो ।

त्यस्तै राष्ट्रिय राजनीतिमा नेकपा एमाले पार्टीको भुमिका बारेमा बताउँदै कार्यकर्ताहरुको जनतासँगको सम्बन्ध व्यवहार आचरण पार्टी प्रतिकाे लगाव र चिन्तन लगायतका बिषयमा केन्द्रीत भएर प्रशिक्षण दिनुभएको थियो ।रामपुर, बेझाँडकाे होटेल श्रीनगरकाे सभाहलमा भएको पार्टीको प्रशिक्षक प्रशिक्षण कार्यक्रम नगर कमिटी अध्यक्ष बिष्णुप्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले विभिन्न तहका नेता तथा कार्यकर्तालाई प्रशिक्षित गरिएको थियोे ।कार्यक्रम नगर कमिटी सचिब कृतिनाथ श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *