नेपाल कृष्णमूर्ति ज्याेतिष परिषद्को भेला सम्पन्न:भण्डारी अध्यक्षमा चयन

काठमाडौं, नेपाल कृष्णमूर्ति ज्याेतिष परिषद्काे अध्यक्षमा भण्डारी
नेपाल कृष्णमूर्ति ज्याेतिष परिषद्काे अध्यक्षमा लक्ष्मण भण्डारी चयन हुनुभएकाे छ। परिषद्काे केन्द्रीय भेलाले भण्डारीकाे नेतृत्वमा कार्यसमिति गठन गरेकाे हाे ।

गुह्येश्वरी मावि सिनामंगल काठमाडौंमा सम्पन्न भएको भेलाले उपाध्यक्षमा देवि प्रसाद सुवेदी, सचिवमा अमर आले मगर, काेषाध्यक्षमा यमराज सुवेदी, सदस्यहरुमा सुजल गिरी, दिपन प्रसाद भण्डारी, सुनिता ज्ञवाली, गीता पाैडेल र कुल प्रसाद भण्डारीलाई चयन गरेको छ। कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक भक्त बहादुर बञ्जराले नयाँ कार्यसमितिलाई बधाई दिदै ज्योतिष क्षेत्रमा रहेको विकृति र विसङ्गतिलाई हटाएर ज्याेतिष पेशालाई मर्यादित बनाइ काम गर्ने वातावरण सिर्जना गर्न अनुरोध समेत गर्नुभएकाे थियाे।

नवनिर्वाचित अध्यक्ष भण्डारीले कृष्ण मुर्ति ज्योतिष को महत्व र अन्य ज्योतिष बीचको फरक बारे बताउदै कार्यक्रममा उपस्थित हुनुभएका व्यक्तिहरूको विभिन्न जिज्ञासालाई समेत मेटाउने प्रयास गर्नुभएको थियो। कृष्णमूर्ति (केपी) ज्योतिष प्रणालीमा सूक्ष्म तरिकाले व्यक्तिको भविष्य अध्ययन गरिने र भविष्य सामान्य ग्रहबाट नभई नक्षत्र र उप नक्षत्रबाट भविष्यवाणी गरिने बताउदै सबै ज्योतिषहरुलाई ज्याेतिष पेशालाई मर्यादित बनाउदै अगाडि बढ्न आग्रहसमेत गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *