नेपाल टेलिकमकाे  वायरलेस नमस्ते वाइफाई सेवा सुरु 

नवराज ज्ञवाली पाल्पा, नेपाल टेलिकम पाल्पाले  वायरलेस नमस्ते वाइफाई सेवासुरु गरेको छ ।नेपाल टेलिकमले नमस्ते वाइफाई सेवासुरु गरेकै पहिलो दिनमा छ जना सेवाग्राहीले सेवा लिएका हुन् ।

नेपाल टेलिकम पाल्पा कार्यालय प्रमुख ढाकाराम पौड्यालले नमस्ते वाइफाईकाे बारेमा जानकारी दिनुहुदै उहाँले नमस्ते वाइफाइ सेवा उत्कृष्ट रहेको बताउँदै सेवाग्राहीलाई नमस्ते वाइफाईकाे राउटर  प्रदान गर्नुभएको थियो ।

सरकारी स्वामित्वमा रहेको दुरसंचार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमले विभिन्न सेवाहरू प्रदान  गरिरहेकाे र हालसालै याे शुरु गरेको भन्दै उहाँले नमस्ते वायरलेस इन्टरनेट सेवा अप्टिकल फाइबर इन्टरनेट नपुगेका क्षेत्रमा ब्रोडब्यान्ड कनेक्टिभिटी प्रदान गर्न सजिलो हुने शाखा प्रमुख पाैड्यालले बताउँनुभयाे ।

नेपाल टेलिकमले उपलब्ध गराउने सेवा मध्येमा सेवाको पहुँच भन्दा बाहिर रहेका ग्रामीण क्षेत्रका टाेलबस्तीमा याे सेवा अहिले सम्मकै उत्कृष्ट सेवा  हुने र सर्वशुलभ दरमा पोर्टेबिलिटीको कारण पनि सेवाग्राहीका बीच लोकप्रिय हुने नेपाल टेलिकमले बताउँदै आएकाे छ। 

नेपाल टेलिकमले नमस्ते वायरलेस वाइफाई सेवा  प्रिमियम दरमा अनलिमिटेड डाटा भ्वाइस सहित   उपलब्ध गराएको प्याकेजहरूमा पनि याे सेवा सेवाग्राहीहरूका लागि बिशेष गरि फोरजी कनेक्टिभिटी भएका ग्रामिणक्षेत्रका गाउँबस्तीमा  प्रभावकारी रहने नेपाल टेलिकम पाल्पा शाखाका सुचना अधिकृत श्रीराम रेग्मीले जानकारी दिनुभयो ।

उहाँले याे नमस्ते वायरलेस वाइफाई सेवाबाट प्रदान गरिने अनलिमिटेड फोरजी इन्टरनेटका साथै ल्याण्डलाइन टेलिफोन चलाउन सकिने जानकारी  दिनुहुदै सूचनाअधिकारी रेग्मीले इन्टरनेट मात्र चलाउन अनलिमिटेड बेसिक प्याकेज अन्तर्गत छ महिने प्याकेजको लागि रु पाँच हजार नाै सय उन्नानसय वार्षिक सेवा जडान गर्दा दस हजार चार सय उन्नानसय शुल्क लाग्नेछ ।

यस्तै अनलिमिटेड प्रिमियम अन्तर्गत छ महिनाकाे सेवा प्याकेजको लागि आठ हजार नाै सय उन्नान सय र वार्षिक प्याकेजकाे लागि साेह्र हजार चार सय उन्नानसय शुल्क लाग्ने जानकारी सूचना अधिकारी रेग्मीले बताउनुभएको हाे ।

इन्टरनेट सहित ल्याण्डलाइन चलाउन अनलिमिटेड वेसिक प्याकेज अन्तर्गत छ महिना  प्याकेजको लागि सात हजार चार सय उन्नानसय  र वार्षिक जडानको लागि तेह्र हजार चार सय उन्नानसय शुल्क लाग्नेछ, यस्तै अनलिमिटेड प्रिमियम अन्तर्गत छ महिनाकाे प्याकेजको लागि दस हजार चार सय उन्नानसय र वार्षिक प्याकेज  उन्नाइस हजार चार सय उन्नानसय रूपैयाँ शुल्क   लाग्नेछ ।

नेपाल टेलिकमकाे यी सेवा प्याकेजहरुमा राउटर जुन स्थानमा पनि लैजान सकिने र गाउँ गाउँमा जता पनि लैजान सकिने भएको र याे राउटरले लाइन नभएको बेला पनि चलाउन सकिने भएकाले कामकाे  सिलसिलामा बिभिन्न स्थानमा हिडिरहने  अवस्था,यातायातहरूमा समेत प्रभावकारी रहेको   विद्यार्थीहरू, विभिन्न पेशामा आवद्ध ब्यक्तिहरू र भाडामा बस्नेहरूका लागि याे सेवा प्रभावकारी हुने नेपाल टेलिकम कार्यालय पाल्पाका ब्यापार शाखा  अधिकृत भुपति तिवारीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *