नेपाल मगर महिला संघको प्रस्तावना लेखन तालिम

पाल्पा, नेपाल मगर महिला संघ केन्द्रिय समितिको आयोजना र टेवा नेपालको व्यावस्थापनमा पाँचदिने संस्थागत विकास तालिम सञ्चालन भएको छ । जेठ ५ गतेदेखि ९ सम्म सञ्चालन हुने संस्थागत विकास तथा प्रस्तावना लेखन तालिमकाे उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य एवं पूर्व ऊर्जा तथा सिँचाइ मन्त्री वीर बहादुर रानाले गर्नुभएको थियोे ।

नेपाल मगर महिला संघ केन्द्रिय समितिकाे आयोजनामा पाल्पाको होटल पौवामा प्रस्तावना लेखन तालिम सुरु भएको हाे। तालिमको उत्घाटन लुम्बिनी प्रदेश सभा सदस्य एवं पूर्व ऊर्जा तथा सिँचाइ मन्त्री रानाले उद्घाटन गर्नुभएको कार्यक्रममा अतिथि तानसेन नगरपालिका उपप्रमुख प्रतिक्षा गाहा सिंजाली, नेपाल मगर संघ जिल्ला समिति पाल्पा अध्यक्ष शान्ति झेडी, नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय समिति अध्यक्ष गमबहादुर थापा, नेपाल मगर महिला संघ पाल्पा अध्यक्ष राधा थापा,नेपाल मगर महिला संघ लुम्बिनी प्रदेश सदस्य सावित्रा राना, नेपाल मगर महिला संघ पाल्पा पूर्व अध्यक्ष विष्णु माया थापा,पुष्प देवी थापा लगाएतको आतिथ्यता रहेको थियोे । प्रस्तावना लेखन तालिममा ५५जना महिलाहरुकाे सहभागीता रहेको तालिमको सहजीकरण डा.विष्णु सिंजालीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *