नेपाल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा प्रा.डा.जैनुद्धिन अन्सारी

काठमाडौं, नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको प्रबन्ध निर्देशकमा प्रा.डा.जैनुद्धिन अन्सारी नियुक्त भएका छन् । कलेजको बोर्ड अफ डाइरेक्टरहरुको सामुहिक निर्णय अनुसार प्रबन्ध निर्देशकमा प्रा.डा. अन्सारीलाई नियुक्त गरिएको हो । बिरगञ्जको नेशनल मेडिकल कलेजका अध्यक्ष समेत रहेका डा.अन्सारी नेपाल मेडिकल कलेजका समेत सञ्चालक सदस्य हुन् ।

नवनियुक्त प्रबन्ध निर्देशक डा.अन्सारीलाई कलेज अध्यक्ष डा.भोला रिजाल,बोर्ड अफ डाइरेक्टरहरू डा.आनन्दप्रसाद श्रेष्ठ, डा.साविहा यासमिन, सहजबाज अन्सारी,प्रिन्सिपल प्रा.डा.प्रमोदकुमार क्षेत्री,भाइस-प्रिन्सिपल डा.सृष्टि श्रेष्ठ,अस्पताल निर्देशकद्वय डा.राजेश किशोर श्रेष्ठ, प्रा.डा. मोदनाथ मरहट्ठा,प्रमुख प्रशासकीय अधिकृत ज्योति खड्का लगायतले स्वागत गर्नुभएकाे थियो । नवनियुक्त प्रबन्ध निर्देशक प्रा.डा.अन्सारीले  पदभार ग्रहण गर्नुहुँदै नेपाल मेडिकल कलेजलाई नयाँ उचाईमा लैजाने बताउँदै त्यसका लागि सबैले आ-आफ्नो पदीय दायित्व अनुसार कर्तव्य पुरा गर्नुपर्ने बताउँनुभयाे । कलेजमा रहेका समस्या र चुनौतीहरुलाई सामुहिकताबाट हल गर्दै स्वास्थ्य सेवा र मेडिकल शिक्षाको विकास,विस्तारमा आफु २४ सै घण्टा लागि पर्ने बताउँदै उहाँले कलेजको स्तर वृद्धिमा सबैको सकारात्मक पहल र भूमिका रहनुपर्ने भन्दै त्यसका लागि सक्रियता साथ अघि समेत आग्रह गर्नुभयाे।

‘जो जहाँ हुनुहुन्छ उहाँहरुले आ–आफ्नो भूमिका सकारात्मक रुपमा निर्वाह गरौं । मेरो कार्यालयको ढोका सबैको लागि खुल्ला छ । नेपाल मेडिकल कलेजलाई नयाँ उचाईमा पुर्याउन यहाँहरुको महत्वपूर्ण भूमिका रहनेछ । तपाईहरुको सहयोग भयो भने यो कलेज राम्ररी अगाडी बढ्दै जानेछ ।’ डा.अन्सारीले भन्नुभयाे । नेपालको मेडिकल शिक्षा एवं स्वास्थ्यक्षेत्रको विकास र विस्तारमा नेपाल मेडिकल कलेजको महत्वपूर्ण योगदान रहेको बताउँदै डा.अन्सारीले शिक्षक,कर्मचारी,विभागीय प्रमुख र विद्यार्थीहरुसँग निरन्तर छलफल तथा अन्तरक्रिया गरेर सामुहिकतामा आफु अघि बढ्ने समेत उहाँले बताउँनुभयाे । ब्यवस्थापन र कर्मचारीहरु बीचको सामुहिक कार्यगत एकता कारण नै नीजि क्षेत्रका संस्थाहरु सफल भएको बताउँदै उहाँले कलेजका कर्मचारी र फ्याकल्टीहरुसँग ब्यवस्थापन पक्ष सदैव सहकार्य गर्न तत्पर रहेको बताउँनुभयाे ।

कार्यक्रममा बाेल्नुहुदै कलेजका अध्यक्ष डा.भोला रिजालले कुशल शल्यचिकित्सक रहनुभएका अन्सारीलाई कलेजको प्रबन्ध निर्देशकमा स्वागत गर्दै विरगञ्जमा सफल रुपमा मेडिकल कलेज सञ्चालन गरेको अनुभव भएकोले पनि त्यो अनुभवले नेपाल मेडिकल कलेजको विकासमा योगदान पुग्नेमा आफुले विस्वास लिएको बताउँनुभयाे ।

यस्तै, कलेज सञ्चालक समितिका सञ्चालक डा.आनन्द प्रसाद श्रेष्ठले प्रशासनीक रुपमा लामो अनुभव संगालेका डा.अन्सारीले कलेजलाई नयाँ उचाईमा पुर्‍याउन सकिने बताउँदै उहाँले कलेज लाई नयाँ उचाइमा पुर्‍याइ उज्यालो बनाउन सके  मात्र कलेजमा कार्यरत सबै कर्मचारीहरु खुशी  रहने र अनुहार उज्यालो हुने बताउँदै उहाँले कलेजमा कार्यरत कसैलाई पनि आफुले काखापाखा नगरी सबैलाई साथमा लिएर अघि बढ्ने भन्दै यसमा सबैकाे साथ रहने विश्वास आफुले लिएको बताउँनुभयाे । कार्यक्रममा संघीय सांसदद्वय अच्युतप्रसाद मैनाली र प्रभू हजराले  शुभकामना दिनुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *