नेपाल रेडक्रसकाे स्थापना दिवसमा आर्थिक संकलन

पाल्पा, नेपाल रेडक्रस सोसाइटी पाल्पाले ६१ औं स्थापना दिवसको अवसरमा आर्थिक संकलनकाे कार्यक्रम गरेको छ । नेपाल रेडक्रस साेसाइटीले मानवीय सेवा तथा प्राकृतिक विपद्को व्यवस्थापनमा सहयोग गर्ने  अभिप्रायले आर्थिक संकलन गर्दै बाढी,पहिरो, आगलागी जस्ता विपद्बबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्य सहित अर्थ संकलन कार्यक्रम गरिएको रेडक्रस पाल्पाका जिल्ला सभापति बाबुराम कार्कीले जानकारी दिनुभयो ।

स्थापना दिवसका अवसरमा रेडक्रसको जन्मदाता जाँ हेनरी ड्यूनाप्रति श्रद्धासुमन अर्पण संगै आर्थिक संकलन कार्यक्रम सुरु गरिएको हो । नेपाल रेडक्रस साेसाइटी पाल्पा शाखाको राहत कोषमा जम्मा गर्ने गरी गरिएको कार्यक्रममा ५२ हजार ४ सय १५ नगद संकलन भएको शाखाका मन्त्री केशवराज नेपालले बताउनुभयो ।

जिल्लाकाे सदरमुकाम तानसेनका ११ माध्यमिक विद्यालयका ५/५ जना विद्यार्थी, शिक्षक नायक र रेडक्रस पाल्पाका उपलब्ध कार्यसमितिहरुको सहभागितामा भएको अर्थ संकलन कार्यक्रम बजारका मुख्य मुख्य चोकहरुमा समूह बनाएर आर्थिक संकलन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *