नेपाल शिक्षक महासंघकाे अगुवाइमा देशभरका पालिकाहरूमा शिक्षकहरुकाे धर्ना

पाल्पा, नेपाल शिक्षक महासंघ केन्द्रिय समितिको कार्यक्रम अनुसारको शिक्षक महासंघका शिक्षकहरूले देशभरका पालिकाहरूमा धर्ना दिएका छन् । नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबिच बिगतमा भएको सम्झौता बिपरित सरकारले शिक्षा ऎन ल्याउन लागेको बताउँदै शिक्षक तथा कर्मचारीहरूले देशभरका पालिकाहरूमा धर्ना सहित विविन्न आन्दोलनका कार्यक्रम शुरुवात गरेका हुन् । नेपाल शिक्षक महासंघ पाल्पाले पनि जिल्लाका दसवटै स्थानीय तहमा धर्ना दिएका हुन्।

शिक्षक महासंघ पाल्पाले तानसेन नगर समिति र रामपुर नगर समिति सहित आठ गाउँ समिति मार्फत गाउँपालिका कार्यालय गेटमा धर्ना सहित ज्ञापन पत्र बुझाएका हुन् ।पहिलो चरणकाे कार्यक्रम अन्तर्गतको पालिकास्तरिय धर्ना कार्यक्रम अनुसार नगरपालिका गाउँपालिकाको प्रांगणमा तीन घण्टा धर्ना दिदै ज्ञापनपत्र बुझाएको नेपाल शिक्षक महासंघ पाल्पाका अध्यक्ष कृष्णबहादुर थापाले जानकारी दिनुभयो । नेपाल शिक्षक महासंघका अनुसार ३० गते शिक्षा इकाई तथा समन्वय शाखामा र ३२ गते प्रदेश निर्देशनालयमा धर्ना तथा घेराउ कार्यक्रम रहेको नेपाल शिक्षक महासंघ पाल्पा अध्यक्ष थापाले बताउनुभयो ।

नेपालमा रहेका सबै प्रकारका शिक्षकहरुको पेशागत हकहित र सुरक्षा अधिकार सम्बन्धि यसअघि सरकारसंग भएका ५१ बुँदे सम्झदारी संम्बोधनको माग गर्दै चरणबद्ध आन्दोलन गरिरहेको शिक्षक दामोदर कंडेल ,मदन नेपाल र रूपा पाण्डेले जानकारी दिनुभयो ।

शिक्षकहरुले स्थानीयतह, प्रदेश र केन्द्रमा दवाव सिर्जना स्वरुप देशभरबाट ध्यानाकर्षण गराउँदै आएकाे बताउँदै शिक्षकहरुको मागप्रति सरकार उदासिन रहेको र सम्पुर्ण स्थाई र अस्थाई शिक्षकहरुको मागलाई बेवास्था गरी गैह्र जिम्मेवारी ढंग बाट शिक्षा ऎन ल्याउन लागेकोमा नेपाल शिक्षक महासंघले घोर आपत्ति जनाउदै आन्दोलनको घोषणा गरेको शिक्षक महासंघले जानएकाे छ ।

पेशागत सुरक्षाको लागि गठित शिक्षक संघर्ष समिति पाल्पाले शिक्षकहरुको हकहित विरुद्ध कुनै समझदारी सहकार्य नगर्ने बताउदै सबै शिक्षक कर्मचारी हितको लागि महासंघ लड्ने पनि नेपाल शिक्षक महासंघ पाल्पाका अध्यक्ष कृष्णबहादुर थापाले बताउनुभयो । महासंघले केन्द्रिय कार्यक्रम अनुसार अब प्रदेश र केन्द्रमा चरणबद्ध धर्ना कार्यक्रम र ध्यानाकर्षण गराउने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *