न्यायिक समितिको प्रथम जिल्ला सम्मेलन तानसेनमा

पाल्पा, तानसेन नगरपालिकाकाे आयोजनामा जिल्लाका दस स्थानीयतहका न्यायिक समितिको प्रथम जिल्ला सम्मेलन तानसेन नगरपालिकामा सम्पन्न भएको छ । जिल्लाकाे दस स्थानीयतह मध्ये दुई नगरपालिकाका उपप्रमुख र आठ गाउँपालिकाका उपाध्यक्षहरुको उपस्थितिमा जिल्लाकाे न्यायिक समितिहरूको प्रथम सम्मेलन तानसेनमा भएको हाे ।

तानसेन नगरपालिकाको आयोजनामा भएको न्यायिक समिति सम्मेलनमा उपप्रमुख, उपाध्यक्ष वा संयोजक नभए सदस्यहरूले समेत भाग लिन मिल्नेगरी आयोजना गरिएको न्यायिक समिति सम्मेलनमा सहभागी रिब्दीकाेट गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले बताउनुभयो । अहिले सम्म जिल्लाका दस पालिका न्यायिक समितिले न्यायिकक्षेत्रमा भए गरेका कामहरू र असल अभ्यासको बारेमा जानकारी आदन-प्रदानका लागि याे सम्मेलन प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

न्यायिक समितिकाे सम्मेलनलाई तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले उद्घाटन गर्नुभएको हो।कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्दै तानसेन नगरपालिकाका न्यायिक समिति संयोजक प्रतीक्षा गाहा सिङ्जालीले न्यायिक समितिबाट देशव्यापीरुपमा समितिकाे क्षेत्राधिकार भित्र रहेर काम गरिरहेको बताउदै उहाँले समितिकाे काममा एकरुपता ल्याउन आवश्यक रहेकोले पनि याे सम्मेलनकाे औँचित्यता रहने कुरा प्रष्टाउनुभयाे । उहाँले न्यायिक समितिकाे त्यो एकरुपता ल्याउनका लागि याे सम्मेलनको आयोजना गरिएको बताउँदै महत्त्वपूर्ण रहेको बताउनुभयो । न्यायिक समितिले अहिलेसम्म गरिरहेको काम र त्यसबाट प्राप्त भएको अनुभव ,सफलताका कथा ,चुनौती,समस्याका अनुभवलाई आदानप्रदान सिकाई एवं भोगाइको आधार प्रदान गर्न एउटा ‘प्लेटर्फम’ बनाउनकै लागि यो सम्मेलन आयोजना गरिएकाे बताउनुभयो । सम्मेलनले स्थानीय तहको दर्तादेखि कार्यान्वयनको तहसम्म पुर्‍याउने, न्याय सम्पादनको काम कार्य निर्देशन स्पष्ट हुनुपर्ने, भन्दै कार्यसम्पादनमा एक रुपमा आउने, चुस्तता,न्याय सेवामा निष्पक्षता हुने विश्वास व्यक्त गर्नुभएको छ ।

दसवटा स्थानीयतहका उपप्रमुखहरुको विशेष उपस्थित रहेको कार्यक्रमको सहजीकरण गर्दै तहसिलदार रामप्रसाद पोखरेलले न्यायिक समितिको अवधारणा,अधिकारक्षेत्र,प्रचलन,विवादको निरुपण गर्ने कार्यविधिकाे संबैधानिक कानुनी व्यवस्था न्यायिक समितिले अबलम्बन गर्ने कार्यविधि हालको प्रचलन, स्थानीय विवादको समाधानमा मेलमिलापको प्रक्रिया, निर्णय प्रक्रिया, मेलमिलाप तथा निर्णय कार्यान्वयन आदिका विषयमा प्रस्तुत गर्नुभएको थियो।त्यसैगरी रिनोभेसन नेपालका निर्देशक राम बाबू नेपालले न्यायिक समितिको कार्यप्रकृया अभिलेखिकरण, अभिलेख ब्यवस्थापन र कार्यान्वयनका विषयमा सहजीकरण गर्नुभएको थियो।त्यसैगरी न्यायिक समितिबाट भएका मिलापत्र वा निर्णयको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न आवश्यक संस्थागत प्रवन्ध तथा कार्यहरू लगायतका विषयमा अधिवक्ता सुमन न्यौपानेले सहजीकरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *