न्यायिक समिति र मेलमिलापकर्ता बीच अनुभव आदानप्रदान

पाल्पा,तानसेन नगरपालिकाको आयोजनामा न्यायिक समिति र मेलमिलापकर्ता बीच अनुभव आदानप्रदान सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।तानसेन नगरपालिकामा सक्रिय रहेका मेलमिलापकर्तासंग कार्य अनुभव आदानप्रदान गर्न न्यायिक समितिसंग अन्तरक्रिया तथा छलफल कार्यक्रम नगरपालिकाको मिनिहलमा गरिएकाे हो।तानसेन नगरपालिकाकाे न्यायिक समितिकाे आयोजनामा भएको कार्यक्रममा नगरका सबै वडाका मेलमिलापकर्ताहरूकाे सहभागीता रहेको थियोे ।

कार्यक्रमका प्रमुख अथिति एवं नगर प्रमुख सन्तोषलाल श्रेष्ठले कार्यक्रमको शुभकामना दिनुहुँदै नगरपालिकाका नागरिकलाई परेका समस्याहरुलाई समाधान गर्न मेलमिलाप कर्ताले गरेकाे कार्यहरुको अनुभव आदानप्रदान गर्दा आगामी समयमा काम गर्दा सजिलो हुने बताउँनुभयो । उहाँले तानसेन नगरपालिकाकाे न्यायिक समिति र मेलमिलापकर्ता बीच एकआपसमा गरिएको कामकाे कार्यअनुभव आदानप्रदान गर्दा मेलमिलापमा थप ज्ञान प्राप्त हुने उहाँले बताउँनुभयो । न्यायिक समितिको मेलमिलाप कार्यक्रमले सम्बन्धलाई सुमधुर बनाउने र सभ्य समाज निर्माण गर्नमा सघाउ पुग्ने नगरप्रमुख श्रेष्ठले बताउँनुभयो ।त्यस्तै अन्तरक्रिया कार्यक्रमका विशिष्ट अथिति एवं प्रमुख प्रशासकिय अधिकृत हरिराम नागीलाले मेलमिलापकर्ताको भुमिका वारेमा स्पष्ट पार्नु भएको थियो ।उहाँले नगरपालिकाकाे वडास्तरमा सक्रिय रहेका मेलमिलाप कर्ताहरुकाे कारण धेरैको जीवनमा एवं परिवारमा खुसीयाली छाएको भन्दै मेलमिलाप कर्ताहरुको उहाँहरूकाे भुमिका महत्वपुर्ण रहेको बताउँनुभयो ।कार्यक्रम न्यायिक समिति संयाेजक एवं तानसेन नगरपालिका उप-प्रमुख प्रतीक्षा गाहाकाे अध्यक्षता र न्यायिक समिति सदस्य गीता भट्टराईकाे स्वागत तथा सहजीकरणमा नगर कार्यपालिका सदस्य सविता भट्टराईले कार्यक्रमको उद्धेश्यलाई प्रष्टाउनु हुँदै उहाँले न्यायिक समिति र मेलमिलापकर्ताकाे काम सोचे जस्तो गर्न सजिलो नभएकाे बताउँनुभयाे । उहाँले मेलमिलापकर्ताले न्यायका लागि स्पष्ट अडान सहित काम गर्दै आएको कार्यक्रममा बताउँनुभयो ।नगरकाे वडाबाट न्यायिक समितिमा भएका कामहरूकाे प्रगति प्रतिवेदनलाई अन्तरक्रिया कार्यक्रममा मेलमिलापकर्ताले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमकाे अध्यक्षता गर्नुहुँदै उप-प्रमुख तथा न्यायिक समिति संयाेजक प्रतीक्षा गाहाले समाजलाई शान्ति सुव्यवस्था कायम गर्नका लागि स्थानीय सरकार संचालन ऎन २०७४ को दफा ४७ को उपदफा १ र २ अनुसारकाे क्षेत्राधिकार भित्र रहेर न्यायकाे पक्षमा मेलमिलाप गर्न अनुरोध गर्नुभयो । उहाँले यो वर्ष ४५ वटा निवेदन आएकोमा १६ न्यायिक समिति मार्फत मेलमिलाप गरिएको , १०वटा वडा मार्फत मेलमिलाप भएको,९ वटा केन्द्र वाहिर रिफर गरिएकोे,७ वटा ठाडाे उजुरीका आधारमा मेलमिलाप गरिएको र तिनवटा छलफलको क्रममा रहेकोे जानकारी गराउँनुभएको छ । उहाँले लैङगिक हिंसा, अंशवण्डा र साध सिमाना लगाएतका विवादहरू न्यायिक समितिमा रहेको बताउँनुभयो ।कार्यक्रम चिना न्यौपानेकाे सञ्चालनमा सम्पन्न भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *