न्यू हाेराइजकाे प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगिता

पाल्पा, न्यु होराइजन आवसीय मावि बुटवलकाे आयोजनामा हुने लुम्बिनी प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगितामा सहभागीताकाे लागि भएको पहिलो राउन्डकाे हाजिरी जवाफ प्रतियोगितामा पाल्पा, गुल्मी र अर्घाखाँचीका छव्विस सहभागी विद्यालयमा दमकडा मावि प्रथम दमकडा,पाल्पा,जनता मावि तानसेन,पाल्पा द्वतीय र रेम्बाे इङ्गलिस बाेडिङ्ग स्कुल बलेटक्सार गुल्मी तृतीय भएका हुन् । तानसेनमा भएको पहिलो राउन्डकाे सम्पन्न प्रतियोगितामा सफल भएका छन्। गुल्मी अर्घाखाँची र पाल्पाकाे लागि भएको छनाैट पाल्पा न्यू हाेराइजन आवासीय माविमा भएको प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगितामा उक्त विद्यालय सफल भएका हुन् । प्रतियोगिताको प्रथम चरणकाे छनाैटमा सहभागी भई विजयी हुन सफल भएका प्रतियोगी विद्यार्थीलाई क्रमश रु नाै हजार छ हजार तीन हजार रूपैयाँ नगद र प्रमाणपत्र जिन्सी सहितको पुरस्कारले सम्मान गरिएको विद्यालयले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिका-७ का वडाअध्यक्ष प्रदिप खनाल र विशिष्ट अतिथि न्यु होराइजन बोर्डिङ स्कुल पाल्पाका प्रधानाध्यापक डासुराम पन्तले विजयी हुन सफल प्रतियोगीहरूलाई नगद र प्रमाणपत्रले सम्मान गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि खनालले प्रतियोगिता अत्यन्त प्रवाभकारी रहेको बताउँदै उहाँले यस्ता कार्यक्रमले लोकसेवा तयारीका लागि समेत उपयुुक्त वातावरण तयार गरिदिने हुनाले नयाँ ऊर्जा थप हुने खनालले भन्नुभयो । बिजयि प्रतियोगीहरुलाई सम्मान गर्दै बधाई दिनुभयो। विशिष्ट अतिथि एवं न्यु होराइजन मावि पाल्पाका प्रधानाध्यापक पन्तले प्रतियोगिता विद्यार्थीहरूको लागि उपयोगी र राम्रो विषय भएको बताउँनुहुँदै उहाँले बिजय भएको सम्पुर्णलाई बधाई दिनुभयो। त्यस्तै आजै बुटवल र दाङमा भएको बिजयी प्रतियोगीहरुलाई यहीँ माघ ८ गते बुटवलमा हुने फाइनल प्रतियोगितामा सहभागी गराइने कार्यक्रमका संयाेजक बिष्णु बस्यालले बताउँनुभयो । न्यु होराइजन मावि बुटवल सहायक प्रधानाध्यापक बालकृष्ण भण्डारीको अध्यक्षतामा भएको हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम हरि पाैडेलकाे सञ्चालनमा सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *