पत्रकार नेपाल काठमाडौंमा ‘युवा पत्रकारिताबाट सम्मान

पाल्पा,पाल्पाली पत्रकार सुशील नेपाल काठमाडौंमा सम्मानित हुनुभएको छ ।विगत लामो समय पाल्पा सदरमुकाम तानसेनमा रहेर पत्रकारिता गर्दै आउनुभएका पत्रकार नेपाल यतिबेला काठमाडौंकाे लाेकान्तर डटकम,सहित  देशका विभिन्न सञ्चार माध्यममा प्रत्येक्ष अप्रत्यक्ष  रहि पत्रकारिता गर्दै आउनुभएको छ । पाल्पाको नयाँधार डटकम समाचार प्रमुख समेत रहनुभएका नेपाल बि.स्टार फिल्मस् प्रालि काठमाडौंबाट ‘युवा पत्रकारिता सम्मान’बाट सम्मानित हुनुभएको हाे ।

काठमाडौंमा रहेर साहित्य कला संस्कृतिकाे क्षेत्रमा  खाेज पत्रकारिता गर्दै आउनुभएका युवा पत्रकार  नेपाललाई सांस्कृतिक संस्थान “राष्ट्रिय नाचघर”मा  आयोजित कार्यक्रममा पत्रकार नेपाललाई बि.स्टार फिल्मस् प्रालि काठमाडौंले न्यू लुक बि.स्टार म्युजिक अवार्ड-२०२३ बाट सम्मान सम्मानित हुनुभएको हो ।साहित्यकला संस्कृति क्षेत्रमा खाेज पत्रकारिता गर्दै आउनुभएका नेपालले सांगीतिक र चलचित्र क्षेत्रमा पुर्‍याएकाे योगदानको कदर स्वरुप उहाँलाई सम्मान गरिएको हो ।गीतकार एवं संगीतकार राजकुमार बगर,राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष चन्द्र शर्मा र आयोजक संस्थाका अध्यक्ष विक्रम चौहानले ताम्रपत्र सहित दोसल्लाले युवा  पत्रकार नेपाललाई सम्मान गर्नुभएकाे हाे ।

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठकाे प्रमुख आतिथ्यता रहेको समारोह मा भिडियो सम्पादक प्रकाश तुलाधरलाई ‘दीर्घ साधना सम्मान’बाट सम्मानित गरिएको थियो ।गायक विष्णु खत्री ‘दशकका गायक सम्मान’ र मोडल सनम कठायतलाई ‘दशक मोडलका रूपमा  सम्मान’ प्रदान गरिएको थियो । त्यस्तै समारोहमा पत्रकार गीता अधिकारीलाई पत्रकारिता सम्मान प्रदान गरिएको थियो ।

यसै गरी आइटी ईञ्जिनियर राजेन्द्र अर्याल प्रविधि सम्मानबाट सम्मानित हुनुभएको थियोे ।समारोहमा चार दर्जन विधाका अवार्ड वितरण गरिएको थियो । जसमा प्रमोद खरेल,खेम सेञ्चुरी, अर्जुन सापकोटा देखि एलिना चौहान, गीता ढुंगानासम्मले अवार्ड प्राप्त गर्नुभएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *