पशुपालन क्षेत्रमा तिनाउ गाउँपालिकाको पचास प्रतिशत अनुदान 

पाल्पा, तिनाउ गाउँपालिकाले पशुपालन गर्ने कृषकलाई पचास प्रतिशतअनुदान दिने भएको छ । गाउँपालिकाले पशुपालन क्षेत्रका विभिन्न कृषक समूह ,पशु फर्म, पशुपालन गर्ने समूह र सहकारी मार्फत पशुपालन गर्ने कृषकलाई पचास प्रतिशत अनुदान दिनका लागि निवेदन आह्वान गरेको हो ।तिनाउ गाउँपालिकाले कम्तिमा चारवटा दुहुना गाईभैँसी पालन गरिरहेका पशुपालक कृषकलाई  गाईभैँसी खरिद र भकाराे तथा खाेर सुधार सहित पैंतालीस जनालाई पचास प्रतिशतअनुदान सहयोग  लाई निवेदनआब्हान गरिएको तिनाउ गाउँपालिका   पशु शाखाले जनाएको छ ।

गाउँपालिकाकाे कृषि  तथा पशुपालनका क्षेत्रमा सक्रिय रहेका कृषकहरू      कम्तिमा दसवटा माउ बाख्रा,तीनवटा माउ बंगुर र तीसवटा लोकल कुखुरा पालिरहेका बीसजना सक्रिय कृषकहरूलाई गाउँपालिकाले पचास प्रतिशत अनुदान उपलब्ध गराउने भएको हाे । अनुदान सहयोग तीनजनालाई कम्तिमा बीसवटा माउ बाख्रा वा छ वटा माउबंगुर भएकाहरूलाई खोर निर्माण तथा सुधार गर्न पचास प्रतिशत अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।तिनाउ गाउँपालिकाले कम्तिमा पाँचवटा गाईभैंसी पालेको व्यक्ति वा फर्म भएका पशुपालक कृषक र गोठमा गोबर ग्यास जडान गर्न पाँच जनालाई, कम्तिमा बीसवटा माउ भैंसी पालन गरेको पशुपालन समुह वा कलस्टर भएकालाई उन्नत राँगो वितरण दुईवटा,कम्तिमा चालिसवटा बाख्रा भएका फर्म वा व्यक्तिलाई उन्नतजात बिउ बोका उपलब्ध गराउन छ वटा समुहलाई अनुदान दिन  लाई गाउँपालिकाले सुचना जारी गरेको छ ।

गाउँपालिकाले कम्तिमा तीसवटा बाख्रा वा चार वटा गाईभैंसी भएको फर्मलाई चापकटर मेसिन बीसवटा, कम्तिमा बीसवटा बाख्रा भएको फर्मलाई डुँड/टाट्नो बीसवटा र कम्तिमा एक वर्ष देखी व्यवसायिक रुपमा पशुपालन गरेको र कम्तिमा “ग” वर्गको कृषकलाई एक वडा एक नमुना पशु श्रोत केन्द्र स्थापना तीनवटा समुहलाई अनुदानका  लागि सूचना जारीभएको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो । गाउँपालिकाले इच्छुक पशुपालन गरिरहेका कृषक हरुले यही असोज ३०गतेभित्र गाउँपालिकाकाे पशु शाखामा निवेदन पेश गर्नुपर्ने तिनाउ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेतले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *