पाचँ गाउँपालिकाकाे आफ्नै प्रशासनिक भवन निर्माण हुँदै

नवराज ज्ञवाली पाल्पा,जिल्लाकाे दस स्थानीयतह मध्ये पाँचवटा गाउँपालिकाले आफ्नै प्रशासनिक भवन बनाउने कार्यलाई तीव्र गतिमा अगाडि बढाएका छन् । जिल्लाकाे दस गाउँपालिकाहरूमध्ये प्रशासकीय भवन नभएका पाँच गाउँपालिकाले यसै वर्षदेखि भवन बनाउने निर्णय सहित निर्माण कार्यलाई तीव्रता दिएका हुन्। जिल्लाकाे बगनासकाली,पूर्वखोला,निस्दी,माथागढी र रम्भा गाउँपालिकाले प्रशासकीय भवन बनाइरहेका छन् । हाल वडा कार्यालय तथा विद्यालयको भवनबाट ती गाउँपालिकाले आफ्ना नागरिकलाई सेवा दिइरहेका छन् । गाउँपालिकाले सेवाप्रवाहमा असहजता भएपछि आफ्नै प्रशासकीय भवन बनाउन लागेका हुन।

त्यस्तै जिल्लाकाे बगनासकाली गाउँपालिकाले प्रशासकीय भवन निर्माणको काम नब्बे प्रतिशत सम्पन्न भएको जनाउँदै निर्माणकाे काम अन्तिम चरणमा पुर्‍याएकाे बगनासकाली गाउँपालिकाले जनाएको छ । बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले आगामी वैशाखमा नयाँ भवनबाट नागरिकलाई सेवादिने गरी काम भइरहेको बताउँनुहुदै उहाँले गाउँपालिकाकाे प्रशासकीय भवन निर्माण गर्दा झन्डै नौ करोड रुपैयाँ खर्च हुने जानकारी गराउँनुभयाे ।त्यस्तै माथागढी गाउँपालिकाले पनि प्रशासकीय भवन निर्माण कार्यका लागि प्रक्रिया अगाडि बढाएको भन्दै गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले त्यसका लागि जग्गा समेत प्राप्त भई सकेकाेले अव छिट्टै भवन निर्माणका लागि माटो परिक्षण गरि निर्माण कार्यलाई अघि बढाउने जानकारी दिनुभयो ।

रम्भा गाउँपालिकाले पनि प्रशासकीय भवन बनाउने कामलाई यसवर्ष देखि सुरु गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी गराउँनुभयाे। उहाँले गाउँपालिकाले भवन बनाउने कार्य सुरु भएको बताउँदै “यसअघि पालिकाको केन्द्र कहाँ राख्ने भन्ने विवाद हुँदा भवन निर्माणकाे काममा ढिला हुन पुगेको हाे भन्दै उहाँले अब गाउँपालिकाकाे केन्द्र टुङ्गो लाग्यो र गाउँपालिकाकाे प्रशासकीय भवन बनाउने काम सुरु भएको छ । ”उहाँले भन्नुभयो । यसअघि गाउँपालिकाले आफ्नो प्रशासकीय भवन बनाउन नसक्दा पालिकाकाे कामहरू रकमादेवी आविको भवनबाट हुँदै आएको गाउँपालिकाले जनाएको छ ।निस्दी गाउँपालिकाले पाँच करोड सत्ताईस लाखमा प्रशासकीय भवन बनाउने कार्य गरिरहेको गाउँपालिकाका सूचना अधिकारी अर्जुन खनालले ई-उत्तरदायित्व डटकमसंगकाे कुराकानीमा बताउँनुभयाे ।

हालसम्म गाउँपालिकाको प्रशासनिक भवनको निर्माण कार्य पचास प्रतिशत सकिएको र चालु आर्थिक वर्षभित्र निर्माणको सबै काम सकिने समेत उहाँले जानकारी दिनुभयो ।यस्तै पूर्वखोला गाउँपालिकाको प्रशासनिक भवन निर्माणको कार्य असी प्रतिशत सकिएको बताउँदै छ करोड बढी लागतमा गाउँपालिकाकाे प्रशासकीय भवन निर्माण भइरहेको जानकारी गाउँपालिकाले दिएको छ । चालु आ.व भित्र प्रशासकीय भवन निर्माण कार्य सकिने गाउँपालिकाका सूचना अधिकारी मोहन ढकालले कुराकानी जानकारी गराउँनुभयो ।त्यस्तै यसअघि जिल्लाकाे तिनाउ,रिब्दीकोट र रैनादेवीछहरा गाउँपालिकाले आफ्नो प्रशासनिक भवन निर्माण सम्पन्न गरि उक्त निर्मित भवनबाट आफ्नो प्रशासनिक कामलाई अगाडि बढाउँदै सेवा दिइरहेका छन् । जिल्लाका दुई नगरपालिकाले तानसेन र रामपुरले स्थानीयतह बन्नु अघि नै आफ्नै भवनबाट प्रशासनिक काम र सेवाप्रवाह गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *