पालिका स्तरीय पोषण कार्यक्रमको समिक्षा तथा योजना तर्जुमा गोष्ठि रामपुरमा सम्पन्न 

पाल्पा, रामपुर नगरपालिकामा पालिका स्तरीय पोषण कार्यक्रमहरुको समिक्षा गोष्ठी सम्पन्न भएको छ । रामपुर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आर्थिक वर्ष २०७९/०८० को समिक्षा र आर्थिक वर्ष २०८०/०८१ को योजना तर्जुमा गोष्ठी आईतबार सम्पन्न भएको हो ।

गोष्ठीमा गत आर्थिक बर्षमा पालिकामा भएको पोषण सम्बन्धि गतिविधिको समस्या , पोषणको अवस्था , बाल स्वास्थ्य पोषण , कुपोषण र आगामी दिनमा पोषण सम्बन्धि गरिने कार्यक्रमको बारेमा छलफल भएको थियो । कार्यक्रममा रामपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक सिमादेवि थापाले नगर भित्रका बालबालिकालाई पूर्ण पोषणयुक्त बनाउन स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई लगनशिल भएर लाग्न आग्रह गर्नुभयो । साथै बालबालिकालाई कुपोषण हुन नदिन मातृ तथा अविभावक शिक्षा सञ्चालन गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चेमन प्रकाश पोखरेलले मानव स्वास्थ्यमा पोषणको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले पोषणको कमिले मानव स्वास्थ्यमा दीर्घकालिन असर पर्ने , बाल मृत्यूदर बढ्ने भएकाले बाल पोषणमा ध्यान दिन आग्रह गर्नुभयो । 

रामपुर नगरपालिकाको सभाहलमा भएको समिक्षा सहित योजना तर्जुमा गोष्ठिको सहजिकरण रामपुर नगरपालिका स्वास्थ्य शाखाका नसिंङ निरिक्षक पुनम धितालले गर्नु भएको थियो ।  रामपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक सिमादेवि थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *