पाल्पाकाे रामपुरमा गाईको सालिक निर्माण

पाल्पा, रामपुरमा गाईको सालिक निर्माण गरिएको छ ।अहिले देशभर गौहत्याको विरुद्धमा कार्यक्रमहरू भइरहेकाे अवस्थामा पाल्पाको रामपुरमा भने गाईको सालिक निर्माण गरिएको हाे । रामपुर नगर गौशाला समितिबाट कामधेनु गाैंमाताकाे सालिक निर्माण गरि सहिष्णुता कायम गर्दै नेपाललाई हिन्दुराज्य बनाउन र हाम्रा संस्कृति सभ्यताकाे संरक्षणका लागि गाैंसालिक निर्माण गरिएको अध्यक्ष हुमनाथ न्यौपानेले बताउनुभयो ।रामपुरको मिलनचोकलाई गौशालाचोक नामकरण गरिएको छ ।

रामपुर नगर गौशाला समितिले वडा- ६, मिलनचोकमा कामधेनु गाईको सालिक निर्माण गरेको हो ।गौंसालिक अनावरण गर्दै रामपुर नगरपालिका उपप्रमुख बालकुमारी थापाले धार्मिक विवादहरू आइरहेको सन्दर्भमा याे सालिक निर्माणले सहिष्णुता कायम गर्दै एकले अर्को धर्मको सम्मान गर्दै अघि बढ्नुपर्ने भन्दै आग्रह गर्नुभयो ।उपप्रमुख थापाले सालिक अनावरण गर्दै उहाँले गाई राष्ट्रिय जनावर मात्र नभई धार्मिक,सांस्कृतिक महत्त्व रहेकाले गाई संरक्षणमा ध्यान दिनु सबैको दायित्व रहेको बताउनुभयो ।

रामपुर नगर गौशाला समितिका अध्यक्ष हुमनाथ न्यौपानेले राष्ट्रिय जनावरसँगै गाइलाई माताको रूपमा पुज्दै आएकोले गाईको हत्या गर्ने, हेला गर्ने प्रवृत्ति बढ्दै गएकाले गाईकाे संरक्षणका लागि सन्देश प्रवाह गर्न कामधेनु गाईको सालिक निर्माण गरिएको बताउनुभयो । उहाँले सञ्चालनमा रहेको पाल्पाको रामपुर नगर गौशालाको पहिचानसंगै यसलाई धार्मिक पर्यटनको रूपमा विकास गर्न नब्बे हजारको लागतमा सालिक निर्माण गरिएको जानकारी दिनुभयो ।

अहिले गाईलाई हेला गरेर छाडा छाड्ने क्रम बढ्दै जाँदा गाईको संरक्षण र अभाव महशुस भएको र कृषकको बालीमा क्षति पुग्न थाले पछि रामपुर नगरपालिकाले २०७६ सालमा नगरपालिकाले तातोपानी धाममा रामपुर नगर गौशाला स्थापना गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *