पाल्पाका घरजग्गा व्यवसाय गर्ने व्यवसायीहरू संगठित हुदै

पाल्पा, तानसेन पाल्पामा रहेर घरजग्गाको क्षेत्रमा व्यवसाय गर्ने व्यवसायीहरु एकजुट भएका छन् । घरजग्गा व्यवसायीहरुको तानसेनमा भएको भेलाले जग्गा तथा आवास विकास संघ गठन निर्णय गर्दै तदर्थ समिति गठन गरेर अघि बढ्ने भएका हुन् ।भेलाबाट कमलप्रसाद ढकालको अध्यक्षतामा सात सदस्यीय तदर्थ समिति सर्वसम्मत गठन गर्दै घरजग्गाकाे क्षेत्रमा व्यवसाय गर्ने व्यवसायीहरूले संघलाई अघि बढाउन विधान लेखन, संस्था दर्ता प्रक्रिया लगायतका काम गर्न तदर्थ समितिलाई जिम्मेवारी दिइएको हाे।

तदर्थ समितिकाे उपाध्यक्षमा द्धारिकाप्रसाद नेपाल, सचिवमा रमेशप्रसाद न्यौपाने, कोषाध्यक्षमा कमल रायमाझी ,समितिकाे सदस्यमा महेश शर्मा, उमानाथ घिमिरे र पदम राना रहुनुभएको छ । तदर्थ समिति गठन भएसंगै समितिका अध्यक्ष कमलप्रसाद ढकालले समितिलाई अघि बढाउन विधान निर्माण देखि दर्ता प्रक्रिया अगाडि बढाउने निर्णय भएको जानकारी दिदै उक्त काम छिट्टै सम्पन्न गरिने समेत समितिका अध्यक्ष ढकालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *