पाल्पाको श्रीनगर बहुउद्देश्यीय सहकारीको २३ औ साधारणसभा

पाल्पा, २० असोज ।
पाल्पाको तानसेनस्थित श्रीनगर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३ औं साधारणसभा शनिबार तानसेनमा सम्पन्न भएको छ । साधरणसभाको लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री बीरबहादुर रानाले उद्घाटन गर्दै पाल्पामा रहेका बहुउद्देश्यीय अवधारणा भएका सहकारीले सोही अनुसार काम गरेर शेयर सदस्यहरुलाई फाइदा हुने गरी काम गर्न सुझाव दिनुभयो । उहाँले थोरै थोरै बचत गरेर त्यसबाट आयआर्जन र आर्थिक अवस्था बलियो बनाउने आधार नै सहकारी भएकाले सहकारीमा पारदर्शीता, जवाफदेहिता र लोकतान्त्रिक बन्नुपर्ने बताउनुभयो । उहाँले सहकारीको नेतृत्व गर्नेहरु अहिले सजग रहनुपर्ने अवस्था आएको बताउँदै इमान्दारिता, पारदर्शिता र लोकतान्त्रिक पद्धतीबाट काम गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै रानाले सहकारी अभियान भनेको अब गरिबी निवारणको अभियान हो भन्ने बुझेर शेयर सदस्यहरुसँग सोही अनुसारको काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारीले थोरैथोरै लगानी गरेर पनि सानो पुँजीबाट यही स्वरोजगार हुने खालको कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो । तानसेन नगरपालिका सहकारी विभागका प्रमुख विष्णु पौडेलले सहकारीहरु एकीकृत हुँदै आवश्यक परेमा मर्जरको नीति लिनुपर्ने बेला भएकाले श्रीनगर सहकारी संस्थाले समाजमा उदाहरणीय कामको शुरुवात गरेर नमुना बन्नुपर्नेमा जोड दिनुभयो । सहकारीहरुले राम्रो काम गरेको भए पनि विभिन्न होहल्लाका कारण बचतकर्ताहरुलाई ढुक्क बनाउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगदीश भटराईले बचत तथा ऋणको कारोबार गर्दा सबैलाई विश्वास जितेर काम गर्नुपर्ने बताउँदै सहकारी विभागबाट आउने निर्देशनहरुलाई पालना गर्दा पारदर्शी, जवाफदेही बन्न सहयोग पुग्ने बताउनुभयो ।

संस्थाका पुर्व अध्यक्ष तथा सल्लाहकार डा. रामजी प्रसाद पौडेलले सहकारीमा थोपा थोपा बचतलाई लगानी गरेर आम्दानीको बाटो बढाउन श्रीनगर सहकारी सफल भएको बताउनुभयो । संस्थाका अर्का सल्लाहकार बुद्धीप्रसाद शर्माले जिल्लामै श्रीनगर पुरानो सहकारी भएकाले यसको गरिमा पनि उच्च गर्ने गरी काम गर्नुपर्ने चुनौती रहेको बताउनुभयो । बचतकर्ता सकुन्तला बज्राचार्यले श्रीनगर सहकारीले आगामी दिनमा शेयरधनीको हितमा रहेर काम गर्न सुझाव दिनुभयो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष वेदराम श्रीसले १५ करोड ७३ लाख ५ हजार १९५ बराबरको आय व्यय प्रस्तुत गर्नुभयो । लेखा समितिका संयोजक मधुकर काफ्लेको प्रतिवेदनमा वार्षिक आर्थिक कारोवारको समिक्षा गर्दै आगामी दिनमा सुधार गर्नुपर्ने कुराहरुको बारेमा सुझाव दिनुभयो । । वार्षिक प्रतिवेदन संस्थाका सचिव भरत शर्मा र अध्यक्ष झपेन्द्र गहिरेले सहकारीलाई बलियो बनाएर अघि बढाउन नयाँ योजना ल्याइने र जग्गा खरिद गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा ज्येष्ठ नागरिकहरु जयकला भटराई, बुद्धलक्ष्मी श्रेष्ठ, विद्या ज्ञवाली, वुद्धिप्रसाद शर्मा, श्रीलक्ष्मी भटराई, भुमिसरा चुन थापा, डम्बिसरा राना, गोपाल थापा, हरिशचन्द्र विक्रम राना, रामराज शर्मा, ज्ञानीसरा रसाली, माधवी खनाल, कृष्ण कुमारी भटराईलाई सम्मान गरियो । यसैगरी एसईईमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यहरु कौस्तुभ घिमिरे, मधुसुधन गैरे, शैलज बस्याल र सोनिया सुनारीलाई सम्मान गरियो । उत्कृष्ट बचतकर्ताहरु निता कुमारी श्रेष्ठ, हिराबहादुर मल्ल, विवेक ढकाल, सन्जु गुप्ता, विराज शर्मालाई सम्मान गरिएको छ । साथै कर्जातर्फ श्याम कुमारी थापा, चन्द्रकुमारी झेडीलाई सम्मान गरियो । सोही अवसरमा उत्कृष्ट कर्मचारीतर्फ सहकारीका सहकाय प्रबन्धक दिनेश कुमार थापा र रोशनी रानालाई पनि सम्मान गरिएको छ । कार्यक्रम संस्थाका अध्यक्ष झपेन्द्र गहिरेको अध्यक्षता, सहकारीकी प्रबन्धक कविता नेपालको स्वागत, सचिव भरत शर्माको संचालनमा सम्पन्न नभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *