पाल्पामा पनि फैलिदै आँखा पाक्ने रोग

पाल्पा, देशकै संक्रमणकाे रूपमा फैलिएको आँखा पाक्ने रोग यतिबेला पाल्पामा पनि संक्रमणकाे रूपमा दैनिक फैलिएको छ । जिल्लामा पछिल्लो दुई सातादेखि दैनिकरूपमा आँखाका बिरामीहरू बढेका हुन् ।पाल्पामा पछिल्ला दिनहरुमा संक्रमित बिरामीहरूको संख्या बढेपछि लाकौल आँखा अस्पतालले छुट्टै (रेड आई क्लिनिक) सञ्चालन गर्दै क्लिनिकबाट बिरामीको परीक्षण र उपचार गर्न सुरु गरेको छ । क्लिनिकबाट हालसम्म चारसय भन्दा बढि विरामीको उपचार गरिएको अस्पतालका सूचना अधिकारी जीवनाथ गैरेले बताउनुभयो । संक्रमित हुनेमा सबै उमेर समूहका मानिसहरु रहेकाे उहाँले बताउनुभयो ।

सदरमुकाम तानसेनसंगै, रामपुर, रैनादेवी छहरा, प्रभासलगायत जिल्लाभरी नै आँखा पाक्ने रोगका संक्रमितहरू बढिरहेकाे जानकारी लाकाेल आँखा अस्पतालले जानकारी दिएको हाे । यसैबीच आँखा पाक्ने रोगको संक्रमण दैनिक रुपमा बढेसंगै उपचारका लागि औषधिको समेत अभाव सृजना हुन लागेको लायन्स लाकौल आँखा अस्पतालले जनाएको छ ।पाल्पामा पाल्पा अस्पताल र रामपुरस्थित कालीगण्डकी आँखा उपचार केन्द्रमा पनि दैनिक रुपमा यस्ता रोगका बिरामीहरु बढेको अस्पतालहरुले जनाएका हुन् ।यो रोगको संक्रमणबाट आँखा रातो हुने, चिलाउने, आँसु बगिरहने, कचेरा आउने, परेला सुन्निने, आँखा बिझाउने, दुख्ने, उज्यालोमा हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुने जस्ता लक्षण देखिने चिकित्सकहरूको भनाइ रहेको छ।यस्तो रोगको संक्रमण आँखाबाट निस्किने आँसु तथा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हात वा अन्य कुनै माध्यमले आँखामा पुग्दा हुने भएकोले सङ्क्रमित व्यक्तिको संम्पर्कमा नरहने तथा नियमित सरसफाई र साबुनपानीले हात धुन जस्ता उपाए अपनाउन पनि चिकित्सकहरूले सर्वसाधारण नागरिकलाई सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *