पाल्पालाई पुर्ण खाेप सुनिश्चितताकाे जिल्ला घाेषणा

पाल्पा, पाल्पा जिल्लालाई ‘पूर्ण खोप’ सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । तानसेनमा एक औपचारिक कार्यक्रमकाे आयोजना गरी पाल्पालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो ।

१६ देखी ५९ महिना सम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र लगाउनुुपर्ने सबै खोप लगाएको सुनिश्चित भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषण गरिएको छ । प्रदेश खोप समन्वय समिति लुम्बिनी प्रदेशका सदस्य सचिव विनोद कुमार गिरिले खोप समन्वय समिति पाल्पाका संयोजक टंकनाथ खनाल र सदस्य सचिव डा.राजेन्द्र गिरिलाई पुर्णखोप सुनिश्चितता घोषणाको प्रमाणपत्र प्रदान गरेसँगै पाल्पा जिल्ला विधिवतरुपमा ‘पूर्ण खोप’ सुनिश्चितता जिल्ला घोषणा भएको हो ।

पाल्पाका १० स्थानीयतहका ८१ वडाका सबै बालबालिकालाई नियमित खोप पाउने आधार सुनिश्चित गरेपछि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेको स्वास्थ्य कार्यालय प्रमुख तथा जिल्ला खोप समन्वय समिति सदस्य सचिव डा. राजेन्द्र गिरीले बताउनुभएको छ । जिल्ला खोप समन्वय समितिले अनुगमन गरी वडा हुँदै पालिका र जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको हो । पूर्ण खोप सुनिश्चितताका लागि ९५ प्रतिशत सूचकांक पूरा गर्नुपर्ने हुन्छ । जिल्लाका दशवटै स्थानीय तहहरुले पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिसकेकाले सोहि प्रावधान बमोजिम जिल्लालाई पनि घोषणा गरिएको कार्यालय डा. गिरीको भन्नुभयाे।

पाल्पालाई यस अघि २०७० साल फागुन १३ गते पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो । हरेक वर्ष जिल्लालाई पूर्ण खोप सुनिश्चित गर्नुपर्ने प्रावधान रहेको छ । घोषणा कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवं पाल्पा क्षेत्र नं. १ का सांसद ठाकुर गैरे, लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री वीरबहादुर राना, लुम्बिनी प्रदेशसभा सदस्य खेमबहादुर सारु, तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारु, प्रदेश खोप समन्वय समिति लुम्बिनी प्रदेशका सदस्य सचिव विनोद कुमार गिरि लगायतले पूर्णखोप सुनिश्चिततासँगै यसको दिगोपना प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएकाे थियाे। घोषणासँगै संघीय सांसद् , प्रदेश सांसद् , जिल्लाका राजनीतिक दलहरु, स्थानीय तहका जनप्रतिनिधि लगायतले पूर्णखोप सुनिश्चता तथा दिगोपनाका लागि प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गर्नुभएकाे थियाे ।

सोही अवसरमा पूर्ण खोप सुनिश्चित गर्न सहयोग पुर्‍याउने स्वास्थ्य कार्यलय पाल्पाका कार्यक्रम फोकल पर्सन विश्वनाथ न्यौपाने, खोप निरीक्षक गजेन्द्र कर्ण, महिला स्वास्थ्य स्वमसेवी लगायतलाई सम्मान समेत गरिएको थियो । यस्तै जिल्लाका १० वटै पालिकाहरुलाई प्रशंसा पत्र पनि दिइएको थियो । पाल्पालाई यस अघि २०७० साल फागुन १३ गते पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो । हरेक वर्ष जिल्लालाई पूर्ण खोप सुनिश्चित गर्नुपर्ने प्रावधान रहेको छ । कार्यक्रम जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति पाल्पा सभापति टंकनाथ खनालको अध्यक्षता, स्वास्थ्य कार्यालयका टिकाराम अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *