पाल्पा अस्पतालको भौतिक विकासमा दलहरूकाे सहयाेग रहने

तानसेन, पाल्पा अस्पतालको भौतिक पूर्वाधारको विकासमा पाल्पामा क्रियाशील राजनीतिक दलले सहयाेग गर्ने जनाएका हुन् । पाल्पा अस्पतालले आयोजना गरेको सर्वदलीय बैंठकमा आ-आफ्नो दलको विचार राख्दै उहाँहरुले अस्पताल विकासका लागि आफुहरू गम्भीर रहेको बताउँदै पाल्पा जिल्लाकाे सरकारी अस्पतालकाे रूपमा रहेको पाल्पा अस्पतालकाे भौतिक पूर्वधार विकास र अस्पतालकाे स्तराेउन्नतीमा आफुहरु प्रतिवद्ध रहेको जनाउनुभएकाे छ ।

पाल्पा अस्पतालकाे भवन निर्माणका लागि संघीय सरकारबाट बाह्र करोड रूपैयाँ रकम विनियोजन भए पनि जग्गा अभावमा निर्माण प्रक्रिया अगाडि बढ्न कठिनाइ भएको पाल्पा अस्पताल विकास समिति अध्यक्ष गुँरास आत्रेयले बताउनुभएको हाे । उहाँले अस्पतालक्षेत्र नजिकै रहेको मोहन कन्या मावि र स्वास्थ्य कार्यालयको जग्गा सट्टागरि भवन निर्माण गर्ने योजना सहित अस्पतालले साेँच बनाएपनि त्यसका लागि सरकारबाट जग्गा प्राप्तिका विषयमा प्रक्रिया अगाडि नबढाई दिदा अस्पतालकाे भवन निर्माणकाे काम अन्यौल बनेकोछ भन्नुभयो ।अस्पतालकाे जग्गा प्राप्तिमा ढिलाई हुदा संघीय सरकारबाट आएको बजेट समेत फ्रिज भएर जान सक्ने भएकाले त्यसको विकल्प खोजेर जानुपर्नेमा राजनीतिक दलहरु उहाँले उक्त कुरामा जोड दिनुहुदै त्यसका लागि राजनीतिक दलहरूबाट आवश्यक पहल हुनुपर्ने उहाँले बताउनुभयो ।

बैठकमा अध्यक्ष आत्रेयले अब दलहरुले मोहन कन्या र स्वास्थ्य कार्यालयको जग्गामा मात्र नअल्झिई त्यसको अन्य विकल्प खाेज्न समेत लाग्नुपर्ने बताउनुभयाे । बैंठकमा दलका तर्फबाट तीनवटा विकल्प अगाडि सार्दै उहाँहरूबाट सारिएकाे विकल्पमा अस्पतालकाे भवन निर्माणका लागि तोकिएको जग्गाको मापदण्ड घटाउन पहल गर्ने, तानसेन नगरपालिकासँग समन्वय गरि बनदेवीमा बसपार्क निर्माणका लागि छुुट्टाइएको केही जग्गाका लागि पहल गर्ने र मोहन कन्या र स्वास्थ्य कार्यालयको जग्गाको लागि पनि आवश्यक पहल गरिने उहाँहरूले बैठकमा बताउनुभयो । बैठकमा अस्पतालका अध्यक्ष गुँरास आत्रेयले राजनीतिक दल, जनप्रतिनिधि र पत्रकारहरुबाट प्राप्त सुझावहरुलाई आत्मसाथ गर्दै अगाडि बढ्ने बताउनुभयाे ।

बैंठकमा जिल्ला समन्वयन समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, नेपाली काँग्रेसका कार्यवाहक जिल्ला सभापति झपेन्द्र गहिरे, नेकपा एमालेका अध्यक्ष धनेन्द्रराज घिमिरे, नेकपा माओवादीका जिल्ला संयाेजक राजेन्द्र विक, सचिव मथुरा ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष सुमन गैरे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी, राप्रपाका नेता धुर्व खाती, तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्की, पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, उपाध्यक्ष भरत शर्मा, प्रेस चौतारीका जिल्ला अध्यक्ष कृष्ण कार्की, सदस्य कृष्ण पोखरेल लगायतले बैठकमा आ-आफ्नो धारणा राख्दै सुझाव सहित बजेट फ्रिज नहुने गरी तत्काल जग्गा प्राप्तिका लागि विकल्प खोज्न आवश्यक रहेको बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *