पाल्पा अस्पताललाई जग्गा अभावले स्तरोन्नतिमा समस्या

पाल्पा, तानसेन पाल्पाअस्पताललाई जग्गाअभाव  भएको कारणले स्तरोन्नतिमा समस्या देखिएको छ ।अस्पताल व्यवस्थापन समितिले आसपास रहेका जग्गा पाल्पाअस्पताललाई हस्तान्तरण गर्नलाई पटकपटककाे संम्वाद र सम्वन्धित निकायसगँकाे छलफल गर्दै माग गरे पनि प्राप्त नभएकोले पाल्पा जिल्ला अस्पताललाई स्तराेन्नतिमा समस्या परेको  पाल्पा अस्पताल व्यवस्थापन समिति अध्यक्ष गुराँस आत्रेयले बताउनुभयो । उहाँले सम्वन्धित निकाय संगकाे पटकपटककाे संम्वाद तथा छलफल गर्दा पनि जग्गा प्राप्त हुन नसकेकोले अस्पताललाई स्तरोन्नति गर्न नसकेको बताउँदै उहाँले त्यसका  लागि पहल थालिदा पनि कुनै परिणाम प्राप्त गर्न  नसकिएको बताउनुभयो ।

यस्तै पाल्पा अस्पतालकाे व्यवस्थापन समितिकाे टोलीबाट तानसेन नगरपालिकासँग अस्पतालकाे स्तराेन्नतीलाई जग्गा व्यवस्थापनका लागि तानसेन  नगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।जग्गा कम र नगर सरकारको बेवास्ताका कारणले विशेषज्ञ डाक्टर जिल्लामा बस्न नखोज्ने समस्या सिर्जना भएको अवस्था छ अस्पताल व्यवस्थापन  समिति अध्यक्ष आत्रेयले कुराकानीमा भन्नुभयो ।उहाँका अनुसार पुरानो भौतिक संरचना र दरबन्दी अनुसारको जनशक्ति अभावका बीचमाअस्पताल  बाट गुणस्तरीय सेवा दिएको छ ।

पछिल्लो समय अस्पतालमा बिरामी भर्ना हुनेको सङ्ख्यामा निकै  वृद्धि भएको छ । अस्पतालसंग भएकाे पन्ध्र बेडले  भर्ना भएका बिरामीको चाँपलाई थेग्न नसक्ने भन्दै  क्षमताअनुसारको पूरा बिरामी भर्नाभएको अवस्था छ । दरबन्दी अनुसार जनशक्ति नहुँदा पनि बिरामी  व्यवस्थापन गर्न कठिन भएकोछ अस्पतालकाे आन्तरिक स्राेत व्यवस्थापनमा कर्मचारी व्यवस्था गरि सहज रूपमा सेवा उपलब्ध गराइरहेको पाल्पा  अस्पतालले जनाएको छ ।पाल्पा अस्पताल व्यवस्थापन समितिकाे टाेलीसंग अस्पतालकाे विषयमा छलफल गर्दै जग्गाको स्राेत लाई कसरी अघि बढाउने भन्ने विषयमा सबैसंग तानसेन नगरपालिकाले छलफल गरेर पक्रिया अगाडि बढाउने नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *