पाल्पा महाेत्सवकाे तयारी सम्पन्न: मेला बैशाख १४ देखि सुरु 


नवराज ज्ञवाली, पाल्पा उद्योग बाणिज्य संघ पाल्पाकोआयोजनामा यही वैशाख १४ देखि २४ गतेसम्म हुन लागेको मेला पाल्पा महाेत्सवकाे तयारी पूरा भएको छ । उद्योग वाणिज्य संघ पाल्पाकाे आयोजनामा टुँडिखेलमा गरिने मेला पाल्पा महोत्सवको स्टल तथा प्रचारप्रसारको कामले तिव्रता पाएको छ । महोत्सव प्रचारप्रसार संयोजक विदुर घिमिरेले  महाेत्सवकाे निर्माण प्रक्रिया अन्तिम चरणमा   पुगेको भन्दै उहाँले महोत्सवमा स्थानीय तथा देशभरका व्यापारीले आ-आफ्नो उत्पादन प्रदर्शन तथा विक्रीवितरण गर्न पाउने ब्यवस्था सहित स्टल  निर्माणकाे काम सम्पन्न भएको बताउँनुभयाे  ।

महोत्सव मूल आयोजक समितिका अध्यक्ष शैलेन्द्र भट्टराईले महोत्सवमा तयारी अन्तिम चरणमा रहि  स्टल निर्माण काम सम्पन्न भएकोले महाेत्सवकाे विषयमा टिकटकमा उत्कृष्ट हुनेलाई पुरस्कृत गर्ने   बताउनुहुदै उहाँले यो महोत्सवले पाल्पाको कृषि तथा पर्यटनमा टेवा पुर्याउने विश्वास लिएको अध्यक्ष भट्टराईले बताउनुभयाे ।

महोत्सवमा साना घरेलु तथा ठुला व्यवसायी गरि तीन सयभन्दा बढी स्टल राख्ने तयारी भएको जानकारी दिनुहुँदै उहाँले  महोत्सवबाट दस करोड रूपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको उहाँले  पत्रकारहरूसंगकाे कुराकानीमा बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *