पाल्पा महाेत्सव समापन आठ कराेड बराबरको  काराेबार, तीन लाख दर्शकबाट मेला अवलोकन

पाल्पा, पाल्पा उद्योग वाणिज्य संघबाट आयोजना गरिएको पाल्पा महोत्सव समापन भएको छ । बैशाख १४ गतेदेखि सुरु भएको महोत्सव दस दिन  सम्म संचालनमा रहि २४ गते सकिएको हो । पाल्पाको कृषि, पर्यटन, साना उद्योग तथा सांस्कृतिक पहिचानलाई प्रचारप्रसार गर्ने उद्धेश्यले आयोजना गरिएको महाेत्सवले आन्तरिक बजार प्रर्वद्धन गर्न सघाउने पाल्पा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा सल्लाहकार समिति संयाेजक माेहनप्रसाद श्रेष्ठले  बताउँनुभयाे। 

बैशाख १४ गतेदेखि २४सम्म संचालनमा रहेको पाल्पा महोत्सवको समापन कार्यक्रममा बोल्नुहुदै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकार र उद्योगी व्यवसायीको सहकार्यबाट नै अहिलेको समस्याग्रस्त आर्थिक संकटलाई समाधान गर्न सकिने उहाँले बताउँनुभयो ।

समापन कार्यक्रममा बाेल्नुहुदै अध्यक्ष ढकालले  सरकार र नीजिक्षेत्र संगसँगै हिँडेर मात्र अहिलेकाे  आर्थिक संकटलाई समाधान गर्न सकिने बताउँदै   उहाँले उद्योग ब्यापार चलायमान भएमात्र आर्थिक
संकटलाई समाधान गर्न सकिने बताउँनुभयाे।

महाेत्सव समापन कार्यक्रममा विभिन्न वक्ताहरुले बोल्दै महोत्सव सफल रहेको बताउँनुभएको थियो । महोत्सव अवधिभर आठ करोडकाे हाराहारीमा कारोबार भएको र तीन लाख बढी दर्शकले मेला अवलोकन गरेको महोत्सव प्रचारप्रसार समितिका संयोजक विदुर घिमिरेले बताउँनुभयो ।

महाेत्सव समापन कार्यक्रममा महासंघका केन्द्रीय सदस्य मोहनप्रसाद श्रेष्ठ, राष्ट्रियसभा सदस्य राजेन्द्र लक्ष्मी गैरे, प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, तानसेन नगरपालिका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ, निवर्तमान अध्यक्ष राजु महर्जन, पूर्व अध्यक्ष मधुदयाल सैजु, साँस्कृतिक कार्यक्रम निर्याणक मण्डल शकुन्तला बज्राचार्य लगायतकाे अतिथिहरूले समापनमा बाेल्दै पाल्पा महोत्सवले आर्थिक चलायमान गर्न सहयाेग पुग्ने विश्वास आफुहरूले लिएको  बताउँनुभयाे ।

पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईकाे अध्यक्षतामा भएको समापन कार्यक्रम संघका उद्योग उपाध्यक्ष उत्तम कुमार बज्राचार्यको धन्यवाद ज्ञापन र महासचिव समिरमान सिंहको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *