“पाल्पा महोत्सवकाे दाेस्राे दिन बाह्र हजार बढीको भजिट; आठ लाख बढिकाे टिकट बिक्री संयाेजक घिमिरे

नवराज ज्ञवाली पाल्पा, उद्योग वाणिज्य संघ पाल्पा  काे आयाेजनामा संचालित “पाल्पा महाेत्सव” काे “पाल्पामा कृषि, पर्यटन, उद्योग र व्यापार: अवसर र सम्भावना अपार” भन्ने नाराका साथ सञ्चालन भएको पाल्पा महोत्सव- २०८० ले पाल्पाको कृषि, पर्यटन तथा व्यापारमा ठूलो टेवा पुर्याउने उद्धेश्यले  संचालित पाल्पा महाेत्सवकाे दाेस्राे दिन बाह्र हजार  बढिले मेलामा भिजिट गरेका छन्।पाल्पा महाेत्सवकाे दाेस्राे दिन बाह्र हजार बढिले मेलाकाे अवलोकन गर्दै करिव असी लाख बढिकाे आर्थिक काराेवार सहित आठ हजार टिकट बिक्री भएको पाल्पा उद्योग बाणिज्य संघका सचिव एवं महाेत्सव प्रचारप्रसार समिति संयाेजक विदुर धिमिरेले बताउँनु भएको हाे । वैशाख १४ गतेदेखि २४ गतेसम्म संचालन हुने पाल्पा महाेत्सवमा सुरु भएको दाेस्राे दिनमानै याे उपस्थितिले उत्साहित हुदै महाेत्सवबाट दस करोड  बराबरको आर्थिक काराेवार गर्ने लक्ष्य राखेकोमा त्यो सहजरूपमा काराेवार हुनेमा पाल्पा उद्योग  बाणिज्य संघले जनाएको छ । महाेत्सवमा कृषि, पर्यटन, उद्योग, व्यापार, बैंक तथा वित्तीय संस्था र अटाेमाेवाइल्स गरि तीन सय बढि स्टल रहेको छ । शनिबारका दिन राष्ट्रिय कलाकार शिव परियार,रूपेश कार्की, सकुन्तला गैरे, दिपु मगर सहितस्थानीय कलाकारकाे बेजोड प्रस्तुति रहनेछ भने कार्यक्रमकाे संचालन राष्ट्रिय कलाकार शित्तल शर्माले गर्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *