पाल्पा महोत्सवमा तीन लाख दर्शककाे अवलोकन  सहित दस करोड आर्थिक कारोबारकाे अनुमान 

पाल्पा, उद्योग बाणिज्य संघ पाल्पाले तानसेनमा पत्रकार सम्मेलन गर्दै  महोत्सवमा तीन सय बढि स्टलहरू सहभागी हुने जानकारी दिदै पत्रकारहरू संगकाे कुराकानीमा महोत्सवलाई आकर्षक एवं  सफल बनाउन स्थानीय तथा राष्ट्रिय कलाकारहरू लाई सहभागी गराई प्रत्येक दिन फरकफरक शैली  र प्रस्तुति रहने आयोजकले जनाएको छ ।यही बैशाख १४ गते देखी २४ गते सम्म आयोजना हुन लागेको पाल्पा महोत्सव २०८० मा पाल्पालाई करुवा ढाका संगै अदुवा उत्पादनको जिल्लाकाे रुपमा चिनाउन मिल्ने गरि १३ औं संस्करणको रुपमा हुन लागेको यस महोत्सवमा जिल्लाबाट उत्पादन हुने वस्तु तथा सेवाको प्रदर्शनी तथा बिक्रि वितरण हुनुका साथै राष्ट्रिय, बहुराष्ट्रिय उत्पादनको समेत प्रदर्शनीका लागि स्टल राखिने गरि तयारीका साथ लागिएको प्रचारप्रसार उपसमिति संयोजक विदुर घिमिरेले जानकारी दिनुभयो उहाँका अनुसार   महिला उद्यम, घरेलु उद्योग, कुटीर उद्योग, कृषि तथा पर्यटन उद्यमीद्धारा उत्पादित भएको वस्तुको बिक्री एवं प्रदर्शनी गरिने समेत बताउनुभयो । पत्रकार सम्मेलनमा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष तथा मुल आयोजक समितिका संयोजक शैलेन्द्र भट्टराईले बाल उद्यान, बैंक तथा वित्तिय संस्थाहरूका स्टल, अटो माेबाईल्सका स्टलहरू र नेवारी तथा मगरी खानाका परिकारहरु समेत रहने अध्यक्ष भट्टराईले पत्रकार सम्मेलनमा बताउनुभयो । अध्यक्ष भट्टराईले महाेत्सवले पाल्पाली उद्यमीहरू र व्यवसायीले प्रत्यक्ष रुपमा सहभागितात्मक स्टल राखी उत्पादन भएको बस्तुकाे व्यवस्थापनद्धारा आफ्ना आन्तरिक उत्पादनलाई बजारीकरण गर्नमा सहज हुने विश्वास आफुले  लिएकाे पत्रकार  सम्मेलनमा बताउँनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *