पाल्पा हानगादी–रुपन्देही घिमिरे समाजद्वारा वृक्षा रोपण

पाल्पा, तानसेन -११ बन्दिपोखरा, हान्गादीमा जन्म  भई कर्मले रूपन्देहीमा बसाेवास गरिरहेका घिमिरे बन्धुहरुको संस्था पाल्पा हानगादी घिमिरे सम्पर्क समाज रुपन्देहीले वृक्षारोपण कार्यक्रम गरेको छ ।तानसेनकाे हान्गादीमा एक कार्यक्रम गरी सयौंको संख्यामा वृक्षा रोपण गरिएको हो ।पाल्पाको तानसेन नगरपालिका-११ बन्दीपाेखरा, हान्गादीमा जन्मिएर रुपन्देहीकाे विभिन्न स्थानमा कर्म गर्दै बसोवास गरिरहेका घिमिरे बन्धुहरुको सहभागितामा वृक्षरोपण कार्यक्रम गरिएको हाे। पाल्पा हान्गादी -रूपन्देही घिमिरे समाजकाे सक्रियतामा विभिन्न जातका बिरूवा ल्याएर वृक्षा रोपण गरिएको थियोे ।

वृक्षरोपणमा चिउरी, बकाइनो, तेजपत्ता, सुगन्धकोकिला लगायतका बहुवर्षे वनस्पति ,फलफूल सहित अन्य प्रजातीका विरुवाहरु रोपण गरिएको समाजका सदस्य तथा कार्यक्रम संयोजक दिपक घिमिरेले बताउनुभयो । वृक्षरोपण कार्यक्रममा उहाँले आफ्नो जन्मगाउँमा केही गरौं भन्ने भावका साथ वृक्षारोपण गरिएको    बताउँदै वृक्षारोपणबाट स्वच्छ वातावरण हुनुका साथै माटो संरक्षणसँगै पानीको मुहान संरक्षणमा समेत टेवा पुग्ने उहाँले बताउनुभयो ।पाल्पा हान्गादी साँखर सल्लेरी सामुदायिक वन क्षेत्रमा चार सय विरुवा रोपिएको जानकारी दिनुभयो ।

समाजका अध्यक्ष वरुणप्रसाद घिमिरे,उपाध्यक्ष जनकराज घिमिरे,सचिव जीवन घिमिरे,कोषाध्यक्ष दीपक घिमिरे,सदस्य ऋषिराम घिमिरे,नारायण घिमिरे,लेखा समिति सदस्य नारायणप्रसाद घिमिरे, लेखा सदस्य शंकर घिमिरे सहित टाेली उपस्थिति  रहेको वृक्षरोपण कार्यक्रममा समाजले भू संरक्षण दिवसको अवसर पारेर वृक्षारोपण गरेको पूर्व वडा अध्यक्ष दामोदर घिमिरेले जानकारी दिनुभयो । उहाँले वृक्षारोपणमा चिउरी दुई सय, बकाइनो पचास , तेजपत्ता पचास , सुगन्धकोकिला एक सय गरि चार सय विरुवा रोपिएको जानकारी दिनुहुदै  उहाँले आगामी दिनमा अन्य वहुवर्षे विरुवाहरु समेत रोपण गर्ने योजना रहेको बताउनुभयो ।वृक्षरोपण कार्यक्रम वरूणप्रसाद घिमिरेकाे अध्यक्षतामा सह-सचिव जीवन घिमिरेकाेसञ्चालनमा सम्पन्न भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *