पुर्वखाेला गाउँपालिकाकाे १३औँ अधिवेशन तथा गाउँसभाकाे दाेस्राे बैठक सम्पन्न

पाल्पा, पुर्वखाेला गाउपालिकाले शिक्षा, स्वास्थ्य, स्वराेजगार, सडक, कृषि, खानेपानी लगाएतको विषयलाई महत्त्व राख्दै प्रस्तुत गरेको नीति कार्यक्रम र बजेटमा गाउँसभाकाे दाेस्राे बैठकले महत्त्वपूर्ण छलफल सहित प्रस्तुत जम्मा ४७ करोड ६७ लाख ३ हजार ३८५ रुपैया बराबरको बजेटलाई पारित गरेको छ।

पुर्वखाेला गाउँपालिकाले सडक मार्गकाे वर्गीकरण , व्यवसायीक क्षेत्र , खानि तथा खनिज क्षेत्र , नदि खाेला ताल सिमसार क्षेत्र , सार्वजनिक उपयोगकाे सांस्कृतिक तथा पुरातात्त्विक महत्त्व क्षेत्र , कृषि उत्पादन क्षेत्र आवासिय क्षेत्रकाे वर्गीकरण गर्दै अन्य ठाउँबाट गाउँपालिकाभित्र बसाइँसराइ गरि आउनेलाई नि:शुल्क दर्ता गर्ने यस गाउँपालिकाबाट अन्यत्र बसाइँसराई गरि जानेलाई रू.१हजार सिफारिस शुल्क लिने र अन्य शुल्कमा गत आर्थिक वर्षकाे शुल्कमा समान्य हेरफेर गरेको छ ।यस वर्ष गाउँपालिकाले १५ शैया हस्पिटल निर्माण पूरागर्ने, गाउँपालिकाकाे प्रशासनिक भवन पूरा गर्ने , सिलुवा र जल्पा वडाकाे स्वास्थ्य चाैकि भवन सुरु गरि सम्पन्न गर्ने याेजना सहित गाउँपालिकाभित्रका सबै माेटरबाटाे बाह्रै महिना संचालनमा ल्याउने गरि कार्यक्रम अघि बढाएको छ ।

गाउँपालिकाले नीति कार्यक्रम तथा बजेट मार्फत युवाहरुलाई स्वराेजगार बनाउने , कक्षा ११ र १२ मा अध्ययनरत छात्रालाई छात्रवृत्ति वितरण गर्ने , गाउँपालिकाले नर्सरी कक्षादेखि ६ कक्षासम्म अध्ययन गरिरहेका विद्यार्थीलाई दिवाखाजा व्यवस्था गर्ने , स्वास्थ्य चाैकिमा सुत्केरी हुनेलाई सुत्केरी प्राेसाहन भत्ता उपलब्ध गराउने ,महिलाहरुकाे लागि तिज गित प्रतियोगिता गर्ने ,१६ दिने लैङ्गिक हिंसा र नारि दिवस कार्यक्रम गर्ने शिक्षकहरुकाे विषयगत तालिमको व्यवस्था गर्ने , बालबालिकाहरूकाे क्षमता विकास कार्यक्रम गर्नकाे लागि विशेष बजेटकाे व्यवस्था गरेको छ ।

गाउँपालिकाभित्र करारमा कार्यरत सबै कर्मचारीहरुका लागि ६ महिना म्याद थप गरेको छ। मावि तहमा कार्यरत लेखापाललाई मासिक बीस हजार पाउने व्यवस्था मिलाउँदै विद्यालयका निजी शिक्षकहरुले खाइपाई आएकाे सेवा सुविधामा मासिक दुई हजार थप गर्ने र इसिडि कक्षा हेर्ने शिक्षकलाइ मासिक सत्र हजार दुई सय दिनका लागि बजेट विनियोजन गरेको छ । ६ वटा वडालाई ६० लाखकाे दरले र शिक्षा शाखाको लागि २ करोड २० लाख स्वास्थ्य शाखाकाे लागि ५० लाख कृषि शाखाकाे लागि ३० लाख पशु शाखाको लागि २० लाखकाे दरले बजेट व्यवस्थापन गरेको गाउँपालिका बताएको छ।

वडा नम्बर १ सिलुवाका अध्यक्ष गिरमान आलेले बजेट भाैगाेलिक र जनसंख्याकाे आधारमा विनियोजन हुनुपर्ने विचार राख्नुभएकाे थियोे ।
गाउँसभामा न्यायिक समिति संयाेजक एवं उपाध्यक्ष भागिरथि भट्टराईले यस वर्ष न्यायिक समितिमा चारवटा उजुरी परेको र मेलमिलापबाट समाधान गरेको बताउनुभयो ।

गाउँपालिका प्रशासकीय प्रमुख मानबहादुर सारुले पुँजिगत र चालू गरि जम्मा ८३ प्रतिशत खर्च भएको साथै अन्तिममा सफ्टवेयरले काम नगर्दा ४४ लाख बराबरको भुटानी गर्न बाकी रहेको जानकारी गराउनु भयो ।अन्य विषयगत समितिबाट प्रस्तुत गरिएको प्रतिवेदन माथि गाउँसभा महत्त्वपूर्ण छलफल गर्दै बहुमतले पारित गरिएको थियो ।

अध्यक्ष र उपाध्यक्षबाट प्रस्तुत भएको आर्थिक विधेयक, विनियोजन विधेयक माथि छलफल गर्दै सर्वसहमले पारित गर्दै गाउँसभा सम्पन्न भएको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले जानकारी गराउँनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *